२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे २ बजेसम्म ३ हजार ७५४ मत खसेको छ। नेतृत्व चयनका लागि जारी मतदान प्रक्रिया अझै चलिरहेको छ।
प्रदेशअनुसार खसेको मत विवरण
- कोशी प्रदेश: कुल १ हजार २०७ मतमध्ये ६१३ मत खसेको छ।
- मधेश प्रदेश: कुल १ हजार २३४ मतमध्ये ५९० मत खसेको छ।
- सुदूरपश्चिम, कर्णाली र जनसम्पर्क समिति: कुल २ हजार ४५७ मतमध्ये ७३३ मत खसेको छ।
- लुम्बिनी प्रदेश: कुल १ हजार ७९ मतमध्ये ५७९ मत खसेको छ।
- गण्डकी प्रदेश: कुल ७८७ मतमध्ये ५०७ मत खसेको छ।
- बागमती प्रदेश: कुल १ हजार ४९१ मतमध्ये ७३२ मत खसेको छ।
मतदान प्रक्रिया जारी रहेकाले खसेको मतको संख्या थप बढ्ने अपेक्षा गरिएको छ।