काठमाडौं, २६ असोज । गृहमन्त्री सुधन गुरुङ पहिलो विदेश भ्रमणअन्तर्गत सोमबार भारत प्रस्थान गरेका छन्।
बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी भारत प्रस्थान गरेका हुन्।
भारतको नयाँ दिल्लीमा हुन लागेको बैठकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्रीहरूको उपस्थिति रहनेछ।
गृहमन्त्री गुरुङले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै गरेका छन्। आगामी मंसिर ७ र ८ गते प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारत जाने कार्यक्रम तय भएको छ।
