काठमाडौं । रसुवागढी जलविद्युत आयोजना (१११ मेगावाट) को सुरुङभित्र बेपत्ताको खोजीका लागि ड्रोन प्रयोग गरिएको छ।
सुरुङभित्र प्रवेश गर्न आवश्यक सुरक्षा सामग्री तथा उपकरणको अभावका कारण उद्धार टोलीलाई भित्र प्रवेश गर्न कठिनाइ भएपछि ड्रोनमार्फत खोजी अभियान अघि बढाइएको हो।
सुरुङभित्रको अवस्था जोखिमपूर्ण रहेकाले प्रत्यक्ष रूपमा प्रवेश गर्न नसकिएको र सम्भावित स्थानको पहिचान तथा खोजीका लागि ड्रोनको सहारा लिइएको जनाइएको छ।
उद्धार टोलीले ड्रोनमार्फत सुरुङको भित्री भागमा निगरानी गरिरहेको छ। सुरुङभित्रको अवस्था र सम्भावित जोखिमको मूल्याङ्कन गर्दै थप खोजी तथा उद्धारको प्रयास भइरहेको छ।
