• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अर्थतन्त्र

विपद् व्यवस्थापनमा संघीय सरकारको केन्द्रीकृत नीति बाधकः मुख्य सचेतक थापा

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१५ भाद्र २०८३, सोमबार
A A
विपद् व्यवस्थापनमा संघीय सरकारको केन्द्रीकृत नीति बाधकः मुख्य सचेतक थापा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विपद् व्यवस्थापनमा संघीय सरकारको केन्द्रिकृत नीति बाधकः मुख्य सचेतक थापा

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी मुख्य सचेतक बासना थापाले विपद् व्यवस्थापन र राहत वितरणमा संघीय सरकारको कार्यशैली प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन्।
सिंहदरबारमा सोमवार बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले विपद् प्रभावित क्षेत्रमा विशेषगरी महिला र बालबालिकाहरूको अवस्था निकै चुनौतीपूर्ण रहेको बताएका छन्। मुख्य सचेतक थापाले प्रभावित क्षेत्रमा महिला र बालबालिकाले भोग्नुपरेका समस्याहरूलाई सम्बोधन गर्न मानव अधिकार र बाल अधिकारका क्षेत्रमा कार्यरत निकायहरूलाई काम गर्ने सहज वातावरण निर्माण गरिदिन सरकारसँग आग्रह गरेका छन्। विपद्को समयमा स्थानीय र प्रदेश सरकारहरू प्रभावकारी नदेखिएको भन्ने प्रश्नको उत्तर दिँदै उहाँले यसको मुख्य कारण संघीय सरकारको केन्द्रिकृत सोच भएको दाबी गरेका छन्। उहाँले राहत सामग्रीको उपलब्धता पर्याप्त भएपनि स्थानीय र प्रदेश तहलाई अधिकार नदिँदा वितरण प्रक्रिया व्यवस्थित हुन नसकेको जिकिर गरेका छन्। थापाका अनुसार स्थानीय जनप्रतिनिधिहरू आफैँ विपद्को मारमा परेको र ठूलो मानवीय एवं भौतिक क्षति व्यहोरेको अवस्थामा उनीहरूलाई सरकारले उचित समन्वय र जिम्मेवारी दिएर परिचालन गर्नुपर्ने आवश्यकता छ।

मुख्य सचेतक थापाले भनेका छन्, ‘संघीय सरकारले सबै कार्य आफ्नै मातहत राखेर गर्ने नीति लिएका कारण प्रदेश र स्थानीय तहले अपेक्षित रूपमा काम गर्न नसकेका हुन् । शुरुमा संघले नै सबै जिम्मेवारी लिने भनेपछि स्थानीय र प्रदेशले त्यसैलाई सघाएका थिए । तर अहिले संघ एक्लैले धान्न नसक्ने अवस्था आएकाले अब अविलम्ब अधिकार प्रत्यायोजन गर्नुपर्छ ।’

विपद् व्यवस्थापनलाई चुस्त बनाउन सरकारले स्थानीय र प्रदेश सरकारमाथि विश्वास गर्दै उनीहरूलाई नै पूर्ण जिम्मेवारी सुम्पनुपर्नेमा मुख्य सचेतक थापाले जोड दिएका छन्।

Previous Post

रसुवा बाढीमा बेपत्ताको संख्या यकिन गर्न अझै कठिनः प्राधिकरण

Next Post

कांग्रेस सांसदको आधा महिनाको पारिश्रमिक भोटेकोशी बाढी–पहिरो पीडितका लागि राहत कोषमा जम्मा गर्ने

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In