• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश

नेपाल–चीन सीमामा विपद् : बेपत्ता हुनेको संख्या १ हजार ३८४ पुग्यो

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
११ भाद्र २०८३, बिहीबार
A A
रसुवा बाढीमा बेपत्ता ८२६ जना, १६५ जनाको शव फेला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । नेपाल र चीनको सीमावर्ती हिमाली क्षेत्रमा आएको विनाशकारी बाढी–पहिरोका कारण बेपत्ता हुनेहरूको संख्या १ हजार ३ सय ८४ पुगेको छ। सीमाका दुवैतर्फ ठूलो जनधनको क्षति भएपछि विपद्को भयावह अवस्था थप स्पष्ट हुँदै गएको छ।

नेपालतर्फको पछिल्लो आधिकारिक विवरणअनुसार बेपत्ता हुनेको संख्या ८ सय २६ पुगेको छ। स्थानीय अधिकारीहरूका अनुसार बेपत्तामध्ये कम्तीमा ३ सय जना विदेशी नागरिक रहेका छन्। विदेशी नागरिक बेपत्ता हुनेको संख्या अझै बढ्न सक्ने आशंका गर्दै अधिकारीहरूले थप विवरण संकलन गरिरहेका छन्।

यता, चिनियाँ पक्षमा पनि कम्तीमा ५ सय ५८ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन्। नेपाल र चीन दुवैतर्फको तथ्यांक जोड्दा हालसम्म कम्तीमा १ हजार ३ सय ८४ जना सम्पर्कविहीन वा बेपत्ता रहेको देखिएको छ।

विपद् विज्ञहरूका अनुसार हिमाली क्षेत्रको भौगोलिक विकटता र सञ्चार सेवा अवरुद्ध हुनु बेपत्ता हुनेको संख्या उच्च देखिनुको प्रमुख कारण हुन सक्छ। दुर्गम क्षेत्रमा सञ्चार सञ्जाल पूर्ण रूपमा प्रभावित भएकाले वास्तविक अवस्था यकिन गर्न अझै केही समय लाग्ने अनुमान गरिएको छ।

सञ्चार सम्पर्क विच्छेद भएका कारण कतिपय व्यक्तिहरू परिवार तथा सम्बन्धित निकायको सम्पर्कमा आउन नसकेको हुन सक्ने भएकाले बेपत्ता भनिएकामध्ये केही व्यक्ति सुरक्षित अवस्थामा रहेको हुन सक्ने आशा पनि गरिएको छ।

हाल नेपाल र चीन दुवैतर्फका उद्धार टोलीले सञ्चारविहीन तथा दुर्गम क्षेत्रमा पुगेर बेपत्ताको खोजी र उद्धार गर्ने प्रयास जारी राखेका छन्। उद्धार कार्य अघि बढ्दै जाँदा बेपत्ता हुनेको संख्या थपघट हुन सक्ने अधिकारीहरूले बताएका छन्।

Previous Post

रसुवाको बाढी प्रभावित क्षेत्रबाट ९८ जनाको उद्धार, उद्धार गरिएकामध्ये १५ जना विदेशी नागरिक

Next Post

विपद्को समयमा दलभन्दा माथि उठेर सरकारलाई साथ दिनुपर्छः ज्ञानेन्द्र शाही

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In