• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home मुख्य समाचार

भोटेकोशी बाढी : ‘राज्यले सधैँ सौतेनी व्यवहार गरिरहेको छ, उद्धारका लागि समयमै हेलिकप्टर पुग्न सकेन’

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१६ भाद्र २०८३, मंगलवार
A A
भोटेकोशी बाढी : ‘राज्यले सधैँ सौतेनी व्यवहार गरिरहेको छ, उद्धारका लागि समयमै हेलिकप्टर पुग्न सकेन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ १० गते चीनको केरुङ क्षेत्रबाट आएको भीषण बाढीले रसुवा र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण हजारौँ नागरिक सम्पर्कविहीन भएका छन् भने अर्बौँ रुपैयाँ बराबरको भौतिक पूर्वाधारमा क्षति पुगेको छ।

विपद्को केही दिन बितिसक्दा पनि उद्धार तथा राहतमा ढिलाइ भएको भन्दै स्थानीयले राज्यको उपस्थितिमाथि प्रश्न उठाएका छन्। कालिका गाउँपालिका–३ का स्थानीय अर्जुनप्रसाद न्यौपानेका अनुसार रसुवागढीदेखि बेत्रावतीसम्मका तटीय क्षेत्रमा बाढीले ठूलो विनाश गरेको छ। रसुवागढी, टिमुरे, घट्टेखोला, स्याफ्रुबेँसी, पहिरेबेँसी र मैलुङलगायत क्षेत्रका बस्ती तथा भौतिक संरचना बाढीले तहसनहस पारेको उहाँको भनाइ छ।

न्यौपानेले भन्नुभयो, ‘हाम्रो जिल्ला नेपालको अन्तिम भूभागमा पर्ने भएकाले पनि हो कि, राज्यले सधैँ सौतेनी व्यवहार गरिरहेको छ। उद्धारका लागि समयमै हेलिकप्टर पुग्न सकेन। मानिसहरू तितरबितर भएका छन्, को कहाँ छन् भन्ने अत्तोपत्तो छैन।’

बाढीका कारण सडक तथा पुलहरूमा ठूलो क्षति पुगेपछि धुन्चे, स्याफ्रु, गत्लाङ, गोल्जुङ, थुमन, ब्रिदिम, हाकु र तिरुलगायत माथिल्लो रसुवाका गाउँहरू सडक सम्पर्कबाट प्रभावित भएका छन्। खाद्यान्न अभाव बढ्दै गएको भन्दै स्थानीयले तत्काल हवाई माध्यमबाट राहत सामग्री पुर्‍याउन माग गरेका छन्।

यसैबीच, नुवाकोटको विदुर–१०, बेत्रावतीका शेषबहादुर लामिछानेले बाढीमा आफ्नी ४७ वर्षीया श्रीमती गुमाउनुभएको छ। परिवारका अन्य सदस्यलाई सुरक्षित स्थानमा पुर्‍याए पनि श्रीमतीलाई बचाउन नसकेको उहाँले बताउनुभयो।

लामिछानेले भन्नुभयो, ‘श्रीमतीले मलाई बुबा र दाइहरूलाई बचाउन पठाएकी थिइन्। मैले उहाँहरूलाई सुरक्षित ठाउँमा पुर्‍याएँ, तर मेरी श्रीमती भाग्न सकिनन्। मेरो दाइकी नातिनीलाई कान्लामा फ्यालेर उनले बच्चाको ज्यान त बचाइन् तर आफूलाई भने बाढीबाट जोगाउन सकिनन्।’

श्रीमतीको शव पहिचानका लागि लामिछाने काठमाडौंका अस्पताल र मर्चरीहरूमा धाइरहनुभएको छ। क्षतविक्षत शव पहिचानमा कठिनाइ भएपछि परिवारजन थप मानसिक पीडामा छन्।

उहाँले भन्नुभयो, ‘हामी त सडकमा आयौँ। राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भए पनि शान्ति मिल्ने थियो।’

बाढीको पूर्वसूचनाका विषयमा भने सरकार र स्थानीयबीच फरक–फरक दाबी देखिएको छ। सरकारले समयमै सूचना जारी गरिएको बताउँदै आए पनि घटनास्थलका स्थानीयले आफूहरूले प्रभावकारी चेतावनी नपाएको गुनासो गरेका छन्।

सल्यानबाट रसुवा हाइड्रोपावरमा काम गर्न आएका १६ जना कामदारसमेत बाढीमा परेर सम्पर्कविहीन भएका छन्। उनीहरूका आफन्त आशा मगरले समयमै सूचना नदिँदा ठूलो मानवीय क्षति भएको आरोप लगाउनुभएको छ।

मगरले भन्नुभयो, ‘हाम्रा दुई भाइ, काका र छिमेकी गरी १६ जना सबैलाई बाढीले लग्यो। सरकारले सूचना दिएको भए उनीहरू किन भागेनन्? किन कोठाभित्रै थुनिएर मर्नुपर्‍यो? ८ बजे चीनमा बाँध फुटेको जानकारी हुँदाहुँदै १० बजे बाढी आउँदासम्म किन स्थानीयलाई सतर्क गराइएन? यो सरासर राज्यको लापरवाही हो।’

अहिले पनि टिचिङ अस्पताल र ट्रमा सेन्टरलगायतका स्थानमा आफन्तको नाम वा फोटो खोज्दै परिवारहरू भौँतारिरहेका छन्। कतिपय परिवारले आफन्त जीवितै भेटिने आशा गुमाउँदै गएका छन् भने शव पहिचान हुन नसक्दा अन्तिम संस्कारसमेत गर्न नपाउने अवस्था सिर्जना भएको छ।

पीडितहरूले तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना, घरवास, सम्पत्ति तथा परिवारका सदस्य गुमाएकाहरूका लागि विशेष राहत प्याकेज माग गरेका छन्। विशेषगरी माथिल्लो रसुवाको भौगोलिक विकटता र भत्किएको पूर्वाधारलाई ध्यानमा राख्दै राज्यले युद्धस्तरमा उद्धार, राहत र पुनःस्थापनाको काम अघि बढाउनुपर्ने स्थानीयको माग छ।

भदौ १० गतेको विनाशकारी बाढीले रसुवावासीको जनजीवन मात्र प्रभावित बनाएको छैन, नेपालको विपद् व्यवस्थापन क्षमता, पूर्वसूचना प्रणाली र राज्यको नागरिकप्रतिको जिम्मेवारीमाथि समेत गम्भीर प्रश्न उठाएको छ। पीडितहरू अझै पनि नदीका बगर, अस्पताल र मर्चरीका गल्लीमा आफन्तको खोजी र राज्यको सहयोगको प्रतीक्षामा छन्।

Previous Post

रसुवाका अधिकांश प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु

Next Post

भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १० पुग्यो, करिब ३२४ जना विदेशी नागरिक

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In