• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१८ भदौ, २०८३
A A
रास्वपाको निषकर्षः खोज र उद्धारमा सरकारको काम सन्तोषजनक
0
SHARES
0
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले रसुवा बाढीपछि सरकारले चालेका कदमहरूको समीक्षा गर्दै खोज, उद्धार र राहत कार्यमा सरकारको भूमिकाप्रति सन्तोष व्यक्त गरेको छ ।

मंगलवार सम्पन्न करिब तीन घण्टा लामो बैठकले विपद्को यस घडीमा तीनै तहका सरकारलाई साथ दिने निर्णयसमेत गरेको हो । बैठकमा सरकारका तर्फबाट सहभागी पार्टीका उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालसम्मको कार्यप्रगति र आगामी योजनाबारे जानकारी दिएका थिए । उनका अनुसार सरकारले खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिँदै अब पुनःस्थापनाको कार्यलाई अगाडि बढाउने तयारी गरेको छ ।

अर्थमन्त्री वाग्लेले सरकारी कोषमा हालसम्म करिब ८ अर्ब रुपैयाँ सहयोग संकलन भएको र त्यसमध्ये १ अर्ब रुपैयाँभन्दा बढी रकम विपद् व्यवस्थापन प्राधिकरणलाई पठाइएको जानकारी दिएका थिए । साथै, प्रभावित पालिकाहरूमा ६ करोड रुपैयाँभन्दा बढी रकम पठाइसकिएको पनि उनले स्पष्ट पारेका थिए ।

रास्वपा सचिवालयले सीमित स्रोत–साधनका बाबजुद सरकारले खोज तथा उद्धारमा देखाएको तदारुकता र नेतृत्वदायी भूमिकाको सराहना गर्दै धन्यवाद ज्ञापन गरेको छ । पार्टीले राहत वितरणलाई अझ प्रभावकारी बनाउन र प्रभावित क्षेत्रमा राहत सामग्री छिटो पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले हराइरहेकाहरूको खोजी कार्यलाई निरन्तरता दिन र उद्धार कार्यलाई थप व्यवस्थित बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार रास्वपाले दाताहरूबाट प्राप्त राहत सामग्रीहरू सरकारी संकलन केन्द्रमार्फत नै वितरण गर्ने नीति लिएको छ । पार्टीले हालसम्म प्राप्त सहयोग सामग्रीहरू सरकारी संयन्त्रलाई हस्तान्तरण गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने जनाएको छ ।

बैठकमा पार्टी सभापति रवि लामिछानेले हालै सम्पन्न सर्वदलीय बैठकमा भएका छलफल र निष्कर्षबारे जानकारी दिएका थिए । सर्वदलीय बैठकमा व्यक्त राजनीतिक प्रतिबद्धताप्रति खुशी व्यक्त गर्दै सभापति लामिछानेले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि दीर्घकालीन राष्ट्रिय सहमति आवश्यक रहेकोमा जोड दिएका थिए ।

उक्त प्रस्तावलाई पार्टी सचिवालयले समेत आत्मसात गर्दै विपद्को सामना गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिएको छ ।

Previous Post

सरकारको एकद्वार प्रणालीका कारण बाढी प्रभावित जनता भोकै छन्ः सांसद बराल

Next Post

जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav