• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१८ भाद्र २०८३, बिहीबार
A A
जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवार रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले नेपालले स्वंयले कार्बन उत्सर्जन नगरे पनि बाढी तथा अन्य जलवायुजन्य विपद्को क्षति व्यहोर्नुपरेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्नुभएको हो । उहाँले अब नेपालले राहत नभई जलवायु न्याय र क्षतिपूर्ति माग गर्नुपर्ने बेला आएको बताउनु भयो । उहाँले यदि हामी कुनै पनि कारण वा दोषको भागीदार छैनौं भने हामीले किन मल्ूय चुकाउनुपर्ने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले नेपालले वन क्षेत्र विस्तार, विद्युतीय सवारी साधनको प्रयोग र जलविद्युत् विकासमार्फत जलवायु संरक्षणमा योगदान गर्दागर्दै पनि जलवायु परिवर्तनको असरको सिकार हुनुपरेको बताउनु भयो । उहाँले जलवायु न्यायको विषयमा सबै राजनीतिक दलहरु एकजुट भएर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘म अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन चाहन्छु, बाढीको क्षति त एउटा पाटो भयो, तर त्यसको नोक्शानीको भार कसले व्यहोर्ने ? दि न्यु योर्कमा ईशान थरुरको एउटा लेख छ, जसमा नेपालले ननिम्त्याएको बाढीको चर्चा गरिएको छ । यदि हामीले यो समस्या निम्त्याएका होइनौं भने यसको मूल्य हामी किन चुकाउँदै छौं ? हामी किन यसको भार बोक्दै छौं ? हामी अहिले राहतको माग गरिरहेका छैनौं । अब क्षतिपूर्तिको माग गर्ने बेला आएको छ । यसको क्षतिपूर्ति कसले दिने ? यदि हामी कुनै पनि कारण वा दोषको भागीदार छैनौं भने हामीले किन मूल्य चुकाउनुपर्ने ? हामीले वन क्षेत्रलाई ३६ प्रतिशत पुर्याउनुपर्ने लक्ष्यको सट्टा ४६.८ प्रतिशतसम्म विस्तार ग¥यौं । हामीले विद्युतीय सवारी साधनको प्रयोग ८ प्रतिशतबाट बढाएर ७३ प्रतिशत र्पुयायौं । हामीले ९० प्रतिशत जलविद्युतको बाटो रोज्यौं ।  यी सबै काम हामीले गरेका छौं ।  तर हामीले कार्बन उत्सर्जन बढाएका छैनौं । हाम्रो उत्सर्जन १ प्रतिशतभन्दा कम छ । चीनजस्ता देशहरू छन् जसले २९ प्रतिशत वा सोभन्दा बढी उत्सर्जन गरिरहेका छन् । भारतले ८ दशमलव २२ प्रतिशत र अमेरिकाले ११ दशमलव ११ प्रतिशत कार्बन उत्सर्जन गरिरहेका छन् । हाम्रो उत्सर्जन १ प्रतिशतभन्दा कम हुँदाहुँदै पनि हामी किन मूल्य चुकाउँदैछौं ? त्यसैले, अबसबै राजनीतिक दलहरू एकजुट भएर यो मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने बेला आएको छ । हामी अहिले राहतको याचना गरिरहेका छैनौं । कार्बन उत्सर्जनका लागि जिम्मेवार देशहरू नै यसका लागि जवाफदेही हुनुपर्छ । नेपाललाई, हाम्रो देशलाई सम्पूर्ण क्षतिपूर्ति तिर्न उनीहरू नै जिम्मेवार छन् ।’
उहाँले प्रधानमन्त्री बालेन्द्र साहलाई समेत संयुक्त राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय फोरममा यस विषयलाई जोडदारका साथ उठाउन आग्रह गर्नुभयो ।

Previous Post

विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड

Next Post

त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको अवस्थाबारे सरकारले बताइदिनुपर्‍योः सांसद बोहरा

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In