• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

कङ्गोद्वारा इबोला नियन्त्रणका लागि १८० दिने विशेष कार्ययोजना सार्वजनिक, १.३ अर्ब अमेरिकी डलर सहयोगको अपिल

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२१ भाद्र २०८३, आईतवार
A A
कङ्गोद्वारा इबोला नियन्त्रणका लागि १८० दिने विशेष कार्ययोजना सार्वजनिक, १.३ अर्ब अमेरिकी डलर सहयोगको अपिल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) ले तीव्र गतिमा फैलिरहेको इबोला महामारी नियन्त्रणका लागि १८० दिने नयाँ बहुक्षेत्रीय प्रतिकार्य योजना सार्वजनिक गरेको छ । सरकारले आगामी छ महिनाका लागि तयार पारेको योजनाको प्रभावकारी कार्यान्वयन गर्न करिब १ अर्ब ३० करोड अमेरिकी डलर आवश्यक पर्ने जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) तथा अन्य अन्तर्राष्ट्रिय साझेदारको सहकार्यमा तयार गरिएको योजनाले इबोला नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सेवा, स्रोत परिचालन, समन्वय र सामुदायिक सहभागिताको खाका प्रस्तुत गरेको छ ।

डब्लुएचओको अफ्रिकी क्षेत्रीय कार्यालयका अनुसार ‘बुन्डिबुग्यो’ भाइरसका कारण फैलिएको संक्रमणबाट सेप्टेम्बर २ सम्म ६ हजार ३४२ जना संक्रमित भएका छन् भने ३ हजार ७२ जनाको मृत्यु भइसकेको छ । संक्रमण हाल देशका ६ प्रान्तअन्तर्गत ६० स्वास्थ्य क्षेत्रमा फैलिएको छ ।

स्वास्थ्य अधिकारीहरू अस्पतालसम्म पुग्नुअघि नै समुदायस्तरमा संक्रमितको मृत्यु हुन थालेपछि थप चिन्तित बनेका छन् । डब्लुएचओका कङ्गोस्थित कार्यवाहक प्रतिनिधि एन एन्कियाले ढिलो पहिचान, सम्पर्कमा नआएका संक्रमित तथा स्रोत परिचालनमा हुने ढिलाइले मानवीय क्षति बढाइरहेको बताउँदै तत्काल व्यापक र समन्वयात्मक कदम चाल्न आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्री रोजर काम्बाले इबोला नियन्त्रण स्वास्थ्य क्षेत्रको मात्रै जिम्मेवारी नभएको बताएका छन् । उनका अनुसार सरकार, समुदाय, अन्तर्राष्ट्रिय साझेदार तथा दातृ निकायबीचको एकीकृत प्रयासबाट मात्रै महामारी नियन्त्रण गर्न सकिन्छ ।

संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक डामियन मामाले पनि इबोला प्रतिकार्यलाई व्यापक मानवीय सहायता अभियानसँग जोड्नुपर्ने र त्यसका लागि पर्याप्त तथा लचिलो वित्तीय स्रोत आवश्यक रहेको बताएका छन् । अफ्रिका सीडीसीले स्रोत परिचालन, समन्वय र सामुदायिक सहभागितामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

गत मेमा औपचारिक रूपमा घोषणा गरिएको यो प्रकोपलाई कङ्गोको इतिहासमै सबैभन्दा तीव्र गतिमा फैलिएको इबोला महामारीका रूपमा लिइएको छ ।

Previous Post

त्रिशूलीमा १२ औँ दिनमा भेटिएको शव ट्याटुबाट पहिचान

Next Post

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In