म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२, खबरा निवासी ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका नाती पक्राउ परेका छन्।
प्रहरीका अनुसार भदौ २२ गते बिहान करिब ११ः३० बजे मनकुमारीलाई उनकी छोरीका छोरा २६ वर्षीय आशिष बरुवालले धारिलो हतियार प्रहार गरी हत्या गरी फरार भएका थिए।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा १५ जनाको टोली परिचालन गरिएको थियो।
खोजतलासका क्रममा बरुवाललाई बेनी नगरपालिका–२ स्थित हाडेभिरमा भाग्दै गरेको अवस्थामा फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको हो।
घटनाबारे थप अनुसन्धान तथा प्रमाण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
