• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

त्रिशूली–३ जलविद्युत आयोजनाको उद्धारलाई प्राथमिकता दिएका छौँः नेपाली सेना

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२२ भदौ, २०८३
A A
त्रिशूली–३ जलविद्युत आयोजनाको उद्धारलाई प्राथमिकता दिएका छौँः नेपाली सेना
0
SHARES
0
VIEWS

रसुवा बाढीका कारण क्षतिग्रस्त त्रिशूली–३ बी जलविद्युत् आयोजनामा खोज तथा उद्धार कार्य कठिन बनेको छ। चुनौतीपूर्ण अवस्थाका बाबजुद उद्धारलाई प्राथमिकतामा राखेर काम भइरहेको नेपाली सेनाले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले त्रिशूली–३ बी आयोजनामा ९० जनाको उद्धार टोली परिचालन गरिएको जानकारी दिए। बाढीले थुपारेको लेदो, हिलो र दलदलका कारण खोज तथा उद्धारमा कठिनाइ भइरहेको उनले बताए।

आयोजनाको कार्यालय तथा आवास क्षेत्रमा मानिसहरू रहेको हुनसक्ने आशंकामा उद्धार टोलीले खोजीलाई तीव्र बनाएको उनले बताए। दलदलका कारण उद्धारका लागि आवश्यक उपकरण आयोजनास्थलसम्म पुर्‍याउनसमेत समस्या भइरहेको उनको भनाइ छ।

उद्धारका लागि एउटा सानो एक्स्काभेटर आयोजनास्थलमा पुर्‍याइएको छ भने केही स्थानमा उद्धारकर्मीले साबेलको प्रयोग गरी हिलो र माटो हटाउने काम गरिरहेका छन्। त्रिशूली–३ ए को सुरुङबाट त्रिशूली–३ बी को सुरुङतर्फ जान सकिने मार्ग पहिचान भएकाले सोही बाटो हुँदै एक्स्काभेटर लैजाने प्रयास भइरहेको थापाले बताए।

आयोजनानजिकै सुकुम्बासी बस्तीसमेत रहेकाले बाढीले जलविद्युत् आयोजनाको कार्यालय तथा आवास क्षेत्रसँगै उक्त बस्तीमा पनि ठूलो क्षति पुर्‍याएको अनुमान गरिएको उनले बताए।

थापाका अनुसार रसुवा बाढीका कारण भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा रहेका ११ वटा जलविद्युत् आयोजनाका कार्यालय, आवास, सुरुङ, हेडवर्क, टेलवर्कलगायत संरचनामा क्षति पुगेको छ। ती आयोजनामा फसेका व्यक्तिको खोज तथा उद्धार नेपाली सेनाको नेतृत्वमा भइरहेको उनले जानकारी दिए।

रसुवागढी जलविद्युत् आयोजनामा भदौ १० गतेदेखि नै खोज तथा उद्धार जारी रहेको उनले बताए। उद्धार टोली सुरुङभित्र करिब २७५ मिटर प्रवेश गरिसकेको भए पनि अहिलेसम्म कुनै व्यक्ति फेला नपरेको उनले जानकारी दिए।

लाङटाङ जलविद्युत् आयोजनामा भदौ १३ गतेदेखि जारी खोज तथा उद्धारका क्रममा एउटा शव फेला परेको छ भने अन्यको खोजी जारी रहेको थापाले बताए।

चिलिमे जलविद्युत् आयोजनामा भारतीय विशेषज्ञ टोलीको सहयोगमा भदौ १४ गतेदेखि उद्धार कार्य भइरहेको छ। उद्धार टोली सुरुङभित्र करिब ११० मिटर प्रवेश गरिसकेको छ। चिलिमेको सुरुङ उकालो भएकाले त्यहाँ हिलो कम रहेको र अब उद्धार कार्यले गति लिने अपेक्षा गरिएको थापाले बताए।

त्यस्तै, माथिल्लो त्रिशूली–१ मा कोरियाली विशेषज्ञसहितको टोलीले उद्धार गरिरहेको छ भने त्रिशूली–३ ए मा चिनियाँ टोलीसँगको सहकार्यमा खोज तथा उद्धार भइरहेको उनले जानकारी दिए।

चिनियाँ टोलीले माथिल्लो क्षेत्रमा प्राप्त सूचनाहरू सुरक्षा निकायलाई उपलब्ध गराइरहेको पनि थापाले बताए। लाङटाङ क्षेत्रमा पहिरोका कारण बनेका बाँध तथा हिमतालहरू हाल सामान्य अवस्थामा रहेको जानकारी चिनियाँ टोलीले दिएको उनले बताए। यद्यपि हिमपहिरोका कारण नयाँ बाँध वा ताल बन्ने जोखिम अझै कायम रहेको सूचना प्राप्त भएको उनले बताए।

चिनियाँ पक्षबाट प्राप्त रिपोर्ट तथा फुटेजमा विभिन्न स्थानमा चिरा देखिएकाले जोखिमलाई ध्यानमा राख्दै बाढी प्रभावित क्षेत्रमा संयुक्त सुरक्षा टोली परिचालन गरिएको थापाले बताए।

बाढीपछि नेपाली सेनाले त्रिशूली क्षेत्रमा उपरथीको कमाण्डमा प्राक्टिकल हेडक्वार्टर स्थापना गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीआईजीसमेत फिल्डमा परिचालन भएका छन्। धुन्चेमा सहायक रथीको नेतृत्वमा फर्वार्ड हेडक्वार्टर स्थापना गरिएको छ।

सुरक्षा निकायले जलविद्युत् आयोजनाका अतिरिक्त नदी किनारका बस्तीमा समेत खोज तथा उद्धारलाई प्राथमिकता दिएको छ। सेनाका इन्जिनियरिङ टोलीले पुल निर्माण, सडक खोल्ने, हवाई तथा ड्रोनमार्फत रेकी गर्ने र सडक विभागलाई आवश्यक सहजीकरण गर्ने काम गरिरहेको सहायक रथी थापाले जानकारी दिए।

Previous Post

रसुवा बाढीपीडित नागरिकका लागि काँग्रेसद्वारा सरकारलाई एक करोड रुपैयाँ आर्थिक सहयोगः ‘खोज तथा उद्धारलाई मथप प्रभावकारी बनाउन आग्रह’

Next Post

काठमाडौंमा ‘जुम्ली स्याउ प्रदर्शनी तथा विक्री सप्ताह’ शुरुः अर्गानिक उत्पादनको प्रवर्द्धनमा सरकारको जोड

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav