• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

टर्किएद्वारा आर्थिक लक्ष्यहरू परिमार्जनः मुद्रास्फीति बढ्ने र आर्थिक वृद्धि घट्ने प्रक्षेपण

रिजन ढकाल by रिजन ढकाल
२३ भाद्र २०८३, मंगलवार
A A
टर्किएद्वारा आर्थिक लक्ष्यहरू परिमार्जनः मुद्रास्फीति बढ्ने र आर्थिक वृद्धि घट्ने प्रक्षेपण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टर्किए सरकारले भूराजनीतिक जोखिमका कारण उत्पन्न चुनौतीहरूलाई मध्यनजर गर्दै सन् २०२७–२०२९ का लागि नयाँ मध्यमकालीन आर्थिक कार्यक्रम सार्वजनिक गरेको छ । आईतवार घोषित उक्त कार्यक्रममा आगामी वर्षहरूका लागि मुद्रास्फीति र आर्थिक वृद्धिका लक्ष्यहरूमा उल्लेख्य परिमार्जन गरिएको छ । नयाँ प्रक्षेपणअनुसार सन् २०२६ का लागि मुद्रास्फीतिको अनुमानित दर यसअघिको १६ प्रतिशतबाट बढाएर २८.४ प्रतिशत पु¥याइएको छ । त्यसैगरी, सोही अवधिका लागि आर्थिक वृद्धिको लक्ष्य ३.८ प्रतिशतबाट घटाएर ३.३ प्रतिशत कायम गरिएको छ । टर्किएका उपराष्ट्रपति जेभ्देत यिल्माजले कार्यक्रम सार्वजनिक गर्दै मध्यपूर्वमा जारी तनावका कारण पर्यटन क्षेत्रको आम्दानीमा समेत प्रभाव परेको जानकारी दिनुभयो । उहाँकाअनुसार यस वर्षको पर्यटन आम्दानीको लक्ष्य ६८ अर्ब अमेरिकी डलरबाट घटाएर ६५ अर्ब डलर कायम गरिएको छ । उपराष्ट्रपति यिल्माजले युद्धका कारण पर्यटन क्षेत्रमा प्रभाव परेकाले लक्ष्य परिमार्जन गर्नुपरेको स्पष्ट पार्नुभयो । सरकारले सन् २०२७ का लागि मुद्रास्फीतिको लक्ष्यमा पनि व्यापक हेरफेर गरेको छ । यसअघि ९ प्रतिशत प्रक्षेपण गरिएको मुद्रास्फीति दरलाई संशोधन गरी २१ प्रतिशत पु¥याइएको छ । आर्थिक लक्ष्यहरूमा परिमार्जन गरिए तापनि सरकार मूल्य स्थिरता र मुद्रास्फीति नियन्त्रणको रणनीति (डिसइन्फ्लेसन स्ट्राटेजी) प्रति पूर्ण प्रतिवद्ध रहेको उपराष्ट्रपति यिल्माजले बताएकाछन् । टर्किएले विशेषगरी सन् २०१८ को मुद्रा संकटपछि विगत केही वर्षदेखि निरन्तर उच्च मुद्रास्फीतिको सामना गरिरहेको छ । परिवर्तित विश्व परिस्थिति र क्षेत्रीय तनावका बीच सार्वजनिक गरिएको यो नयाँ कार्यक्रमले मुलुकको अर्थतन्त्रलाई स्थायित्व दिने सरकारको लक्ष्य रहेको छ ।

Previous Post

ज्वालामुखी विस्फोटका कारण इण्डोनेसियामा चार विमानस्थलको उडान निलम्बन अवधि थप

Next Post

जेनजी आन्दोलनको वार्षिकोत्सवलाई स्मरणसँगै संकल्पको दिन बनाउन मन्त्री गौतमको आग्रह

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In