• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home मुख्य समाचार

रसुवा बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष रुपमा प्रभावितः होल्डिङ सेन्टरमा रहेका २५ जनालाई झाडापाखाला

रिजन ढकाल by रिजन ढकाल
२६ भाद्र २०८३, शुक्रबार
A A
रसुवा बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष रुपमा प्रभावितः होल्डिङ सेन्टरमा रहेका २५ जनालाई झाडापाखाला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको १० भदौको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका करिब डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आँकलन गरिएको छ ।

उक्त विनाशकारी बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आँकलन गरिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव डा. विकास देवकोटाले वागमती प्रदेश सरकार र सरकारका विभिन्न संयन्त्रमार्फत संकलन गरिएको तथ्यांकका आधारमा प्रभावित जनसंख्याको आँकलन गरिएको जानकारी दिए ।

उनले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका २५ जनालाई झाडापखाला लागेको भेटिएको पनि बताए । उनले अन्य स्वास्थ्यसम्बन्धी समस्या देखा नपरेको बताए । सचिव देवकोटाले पछिल्लो विपद्बाट स्वास्थ्य क्षेत्रले महत्वपूर्ण पाठ सिकेको भन्दै आगामी दिनमा बन्ने संरचनालाई जलवायु अनुकूल बनाउनुपर्नेमा जोड दिए ।

उनले भौगोलिक अवस्था र तापक्रमअनुसार भवन निर्माणको अवधारणा अघि बढाउनुपर्ने र मन्त्रालयले त्यससम्बन्धी योजनाको तयारी गरिरहेको बताए । संरचना निर्माण गर्दा स्वास्थ्यसम्बन्धी समस्या पर्दा सहज रूपमा सेवा लिन सकिने गरी नजिकका स्वास्थ्य सुविधाको अवस्थालाई समेत आधार बनाउनुपर्नेमा उनको जोड छ ।

उनले भने, ‘अहिले बाढी प्रभावित क्षेत्रमा डेढ लाख जनसंख्या रहेको हाम्रो आँकलन हो । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हामी पनि केही न केही हिसाबले त समस्यामा नै छौँ । डेटा संकलनका लागि हामीले प्रदेश सरकार र हाम्रा च्यानलहरूमार्फत संकलन गरेका हौँ । केही तलमाथि पनि हुन सक्छ । परेला रोगको बारेमा अघि कुरा उठाउनुभएको थियो । त्यस्तो बिरामी भेटिएका छैनन् । झाडापखालाका केस २५ देखिएका छन् । अहिलेको विपद्बाट हामीले धेरै नै पाठ सिकेका छौँ । अब स्वास्थ्य मन्त्रालयबाट बन्ने घरहरू कस्तो भौगोलिक अवस्थामा बन्छन् र कस्ता बन्छन् भनेर ‘क्लाइमेट रेजिलेन्स स्ट्रक्चर’ भन्ने कुरा आएको छ । त्यसो भएको हुनाले अब तापक्रम धेरै भएको ठाउँमा बनाउने घर र चिसोमा बनाउने घर फरक हुनेछन् । अब सबै क्षेत्रले यो विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ । र अब घर निर्माण गर्दा स्वास्थ्य क्षेत्रसम्बन्धी समस्या आउँदा नजिक कस्ता प्रकारका फेसिलिटी छन् भन्ने कुरा हेरेर पनि बनाउनुपर्ने हुन्छ । यो मास्टरप्लान बनाइरहेका छौँ । त्यो पूरा भएपछि यो समितिमा ल्याएर भन्ने नै छु ।’

उनले पुनःस्थापना र पुनर्निर्माणका लागि ‘क्लाइमेट रेजिलेन्स स्ट्रक्चर’ सहितको मास्टरप्लान निर्माण गरिरहेको बताए ।

Previous Post

अनुमतिविना बाढी प्रभावित बालबालिकालाई अन्यत्र नलैजानुहोला ः मन्त्री बादी

Next Post

बाढी प्रभावित नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारलाई संसदीय समितिको निर्देशन

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In