• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home संसद

सांसद कार्कीको प्रश्न– संविधानमा लेखिएको मौलिक हक र नागरिकले पाउने व्यवहारिक सेवामा यति दुरी किन ?

रिजन ढकाल by रिजन ढकाल
२६ भाद्र २०८३, शुक्रबार
A A
सांसद कार्कीको प्रश्न–  संविधानमा लेखिएको मौलिक हक र नागरिकले पाउने व्यवहारिक सेवामा यति दुरी किन ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति सरकार र अस्पताल प्रशासनमाथि गम्भीर प्रश्न उठाएकी छन् ।

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो प्रश्न उठाएकी हुन् । उनले प्रसव पीडामा रहेकी महिलालाई तत्काल अस्पतालमा भर्ना गरी सुरक्षित प्रसूतिको व्यवस्था गर्नुपर्नेमा अस्पताल परिसरबाहिरै बच्चा जन्माउनुपर्ने अवस्था आउनुमा अस्पताल प्रशासनको कमजोरी रहेको बताइन् ।

उनले संविधानले स्वास्थ्य, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अधिकार सुनिश्चित गरे पनि नागरिकले व्यवहारमा त्यसको अनुभूति गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले अस्पताल प्रशासनले बिरामी अस्पतालबाट कहिले र कसरी बाहिरिइन् भन्नेबारे समेत जानकारी नभएको जवाफ दिएकोप्रति आपत्ति जनाइन् ।

राजविराज नगरपालिका–१४, पर्साही निवासी हरेराम पासवानकी श्रीमती बबिता पासवानलाई सुत्केरी व्यथा लागेपछि अस्पताल लगिएको थियो । तर, उपचारका लागि आवश्यक रकम नभएको भन्दै अस्पतालले उनलाई भर्ना गर्न अस्वीकार गरेको बताइएको छ । पासवानसँग तत्काल २ हजार ५ सय रुपैयाँ मात्र रहेको र सो रकमका कारण अस्पतालले भर्ना लिन अस्वीकार गरेको जनाइएको छ ।

सांसद कार्कीले भनिन्, ‘संविधानमा हामीले स्वास्थ्यको हक लेख्यौँ, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक लेख्यौँ । तर कागजमा लेखिएको निःशुल्क सेवा र नागरिकले पाउने वास्तविक व्यवहारिक सेवामा यति धेरै दूरी किन, सभामुख महोदय ? मेरा केही प्रश्न छन् । प्रसव पीडामा भएकी महिलालाई तत्काल भर्ना गरेर तपाईं कतै नजानुस् है, तपाईंको घर खुलिसकेको छ, तपाईंलाई हामी निरन्तर हेर्छौँ भन्नुपर्ने थियो । त्यो भनियो कि भनिएन ? अनि अस्पतालले हामीलाई जानकारी नै छैन, कुन बेला बिरामी निस्किएर गयो भनेर भन्न पाउँछ ?’

उनले बबिताजस्ता हरेक सुत्केरी र प्रसव पीडामा रहेका महिलासम्म राज्य पुग्नुपर्ने बताइन् ।

Previous Post

सरकारले केही रकम दिएर बाढीपीडित व्यवस्थापनबाट पन्छिन खोज्दैछ ः रास्वपा सांसद साह

Next Post

नेकपाको प्रश्न– सरकारले बिचौलीको प्रभावमा परेर विद्युतीय खरिद प्रणाली बन्द गर्न खोजेको हो ?

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In