• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home संसद

नेकपाको प्रश्न– सरकारले बिचौलीको प्रभावमा परेर विद्युतीय खरिद प्रणाली बन्द गर्न खोजेको हो ?

रिजन ढकाल by रिजन ढकाल
२६ भाद्र २०८३, शुक्रबार
A A
नेकपाको प्रश्न– सरकारले बिचौलीको प्रभावमा परेर विद्युतीय खरिद प्रणाली बन्द गर्न खोजेको हो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सरकारले विद्युतीय खरिद प्रणाली (ईजीपी) बन्द गर्न लागेको भन्ने जानकारी आएको भन्दै जवाफ माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा बोल्दै उनले ईजीपी प्रणाली ह्याक भएको भन्दै सरकारले बन्द गर्न लागेको सूचना प्राप्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले ह्याक भएको भन्दै बिचौलियाको प्रभावमा सरकारले ईजीपी प्रणाली नै बन्द गरेर नयाँ प्रणाली ल्याउने तयारी गरिरहेको सूचना प्राप्त भएको पनि बताए ।

उनले ईजीपी सिस्टम तत्काल खुलाएर पूर्ण सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराए । उनले ह्याक भएको भए ह्याकिङमा संलग्नहरूलाई छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने समेत बताए ।

सांसद दुलालले भने, ‘सुनिएअनुसार सरकारले विद्युतीय खरिद प्रणाली ह्याक भएको भनेर यसलाई बन्द गर्न खोज्दैछ भन्ने कुरा सुनेका छौँ । त्यसकारण सबै सरोकारवालाहरूको तर्फबाट सरकारलाई के आग्रह गर्न चाहन्छु भने ईजीपी सिस्टम तत्काल खुलाइयोस्, पूर्ण सञ्चालनमा ल्याइयोस् । ह्याक भएको भए ह्याकिङमा संलग्नहरूलाई छानबिन गरी आवश्यक कारबाही गरियोस् । कसैलाई पनि उन्मुक्ति नदिइयोस् ।

पुराना कोडहरूले यो सिस्टम चल्दैन भनेर केहीले बिचौलिया तथा कर्मचारीहरू र व्यवसायीहरूको समेत मिलेमतोमा सरकारलाई प्रभावमा पारेर यो ईजीपी सिस्टमलाई नै कोल्याप्स गर्न खोजिँदैछ । र त्यसको ठाउँमा नयाँ ल्याउने तयारी भइरहेको भन्ने कुरा पनि जानकारीमा आएको छ । त्यसो नहोस् । यदि त्यसो भयो भने डिजिटल शासनको कुरा गरेर आएको सरकार, समृद्धि र सुशासन ल्याउँछौँ भनेर आएको सरकार फेरि कागजी युगमा फर्किनुजस्तो विडम्बना केही पनि होइन ।’

डिजिटल शासन र सुशासनको प्रतिबद्धता जनाएको सरकारले ईजीपी हटाएर पुनः कागजी प्रक्रियातर्फ फर्किनु विडम्बना हुने उनको भनाइ छ ।

Previous Post

सांसद कार्कीको प्रश्न– संविधानमा लेखिएको मौलिक हक र नागरिकले पाउने व्यवहारिक सेवामा यति दुरी किन ?

Next Post

होल्डिङ सेन्टरमा बाढीपीडित नागरिकको सुरक्षा तथा अस्थायी पुनस्र्थापनाको व्यवस्था गर्न काँग्रेस सांसद केसीको माग

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In