• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

न्युरोडको एनएसी भवनलाई मल्टी स्टोरी पार्किङ बनाउन महानगरको प्रश्ताव

रिजन खड्का by रिजन खड्का
२८ भदौ, २०८३
A A
न्युरोडको एनएसी भवनलाई मल्टी स्टोरी पार्किङ बनाउन महानगरको प्रश्ताव
0
SHARES
0
VIEWS

काठमाडौं महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम (एनएसी)को भवनलाई बहुमञ्जिला पार्किङमा परिणत गर्न सङ्घीय सरकारसँग अनुमति मागेको छ ।

काठमाडौंमा बढ्दो पार्किङ समस्या समाधानका लागि सीमित स्थानको अधिकतम सदुपयोग गर्ने उद्देश्यले एनएसी भवनमा मल्टी स्टोरी पार्किङ निर्माणको प्रस्ताव अघि बढाइएको हो । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतवार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवमा बोल्दै एनएसी भवनलाई मल्टी स्टोरी पार्किङ बनाउन महानगरलाई अनुमति दिन सङ्घीय सरकारसँग विशेष अनुरोध गरिएको बताएका छन् ।

उनका अनुसार एनएसी भवनमा बहुमञ्जिला पार्किङ बनेपछि विशेषगरी काठमाडौंको कोर एरियामा रहेको पार्किङ समस्या समाधान गर्न सहयोग पुग्ने महानगरको विश्वास छ । महानगरले काठमाडौंभरको पार्किङ समस्या र त्यसको व्यवस्थापनबारे समेत अध्ययन गरिरहेको जानकारी दिएका छन् । विज्ञमार्फत भइरहेको अध्ययनको प्रतिवेदन केही समयभित्र प्राप्त हुने र त्यसमा दिइएका सुझावका आधारमा पार्किङ व्यवस्थापनको योजना अघि बढाइने उनले बताएका छन् ।

उनले बताए, ‘पार्किङको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । यसको व्यवस्थापन गर्नुबाहेक हामीसँग अर्को विकल्प छैन । हाम्रो क्षेत्रफल सीमित भएकाले उपलब्ध ठाउँको सही सदुपयोग गरेर पार्किङ व्यवस्थापन गर्नु आजको आवश्यकता हो । यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले न्युरोडस्थित एनएसीको भवनलाई बहुस्तरीय पार्किङका रूपमा विकास गर्न अनुमति दिन सङ्घीय सरकारसँग विशेष अनुरोध गरेको छ । एनएसीमा बहुस्तरीय पार्किङ निर्माण हुन सकेमा विशेषगरी कोर एरियाको पार्किङ समस्या समाधान गर्न महत्वपूर्ण योगदान पुग्ने हाम्रो विश्वास छ । त्यसैगरी, काठमाडौंभरि पार्किङ व्यवस्थापनका विषयमा अध्ययन भइरहेको छ । केही समयमै विज्ञबाट तयार हुने अध्ययन प्रतिवेदन प्राप्त हुनेछ । प्रतिवेदनले दिएका सुझावका आधारमा पार्किङ व्यवस्थापनलाई अझ व्यवस्थित र प्रणालीगत बनाउँदै समस्या समाधानतर्फ महानगरपालिका अघि बढ्नेछ ।’

डंगोलले काठमाडौंको क्षेत्रफल सीमित रहेकाले नयाँ ठाउँ थप्नेभन्दा उपलब्ध स्थानको उचित सदुपयोग गरेर पार्किङ व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बढ्दो पार्किङ समस्या समाधानका लागि महानगरले अब थप व्यवस्थित र प्रणालीगत ढङ्गले काम गर्ने उनको भनाइ छ ।

Previous Post

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार

Next Post

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav