• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता

रिजन ढकाल by रिजन ढकाल
२९ भाद्र २०८३, सोमबार
A A
इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इण्डोनेसियाको जाभा समुन्द्रमा यात्रुवाहक पानीजहाज सम्पर्कविहीन भएपछि भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३० जना अझै बेपत्ता छन् । दुर्घटनामा १०७ जनाको उद्धार गरिएको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले आइतबार जनाएको छ ।

इण्डोनेसियाका यातायातमन्त्री डुडी पुर्वागन्धीले आईतवार दिउँसो पत्रकार सम्मेलनमा हेलिकप्टरबाट गरिएको अवलोकनअनुसार पानीजहाज पल्टिएको तर पूर्ण रूपमा नडुबेको बताएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । यसअघि राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले पानीजहाज डुबेको जनाएको थियो ।

दुर्घटनामा परेको ‘भर्गो ट्रान्सपोर्ट ८’ नामक पानीजहाजमा चालक दलसहित कुल २४३ जना सवार थिए। आइतबार बिहान करिब २ बजे खराब मौसमका कारण समस्या आएपछि जहाजसँग सम्पर्क विच्छेद भएको अधिकारीहरूले बताएका छन् । जहाज शनिबार पूर्वी जाभा प्रान्तको सुराबायाबाट दक्षिण कालिमन्तान प्रान्तको बन्जारमासिनतर्फ प्रस्थान गरेको थियो ।

इण्डोनेसियास्थित चिनियाँ वाणिज्य दूतावासले सम्बन्धित अधिकारीहरूसँग पुष्टि गरेअनुसार जहाजमा कुनैपनि चिनियाँ नागरिक नरहेको जनाएको छ । बेपत्ता यात्रुहरूको खोजी तथा उद्धारका लागि इण्डोनेसियाली अधिकारीहरूले घटनास्थल नजिकै सुरक्षाकर्मी, उद्धार जहाज र हेलिकप्टर परिचालन गरेका छन् ।

करिव १७ हजार टापु रहेको इण्डोनेसियामा टापुहरूबीच आवतजावतका लागि फेरि तथा अन्य समुन्द्री यातायातमा ठूलो निर्भरता छ । खराब मौसम, समुन्द्री अवस्था तथा जहाजको सुरक्षासम्बन्धी समस्याका कारण त्यहाँ समय–समयमा समुन्द्री दुर्घटना हुने गरेका छन् ।

Previous Post

मोचा बन्दरगाह शहर कब्जापछि हुथी समूहद्वारा २१० बन्दी रिहा

Next Post

गाजा सिटीमा इजरायली हवाई आक्रमण, दुई प्यालेस्टिनीको मृत्यु

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In