• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

गाजा सिटीमा इजरायली हवाई आक्रमण, दुई प्यालेस्टिनीको मृत्यु

रिजन ढकाल by रिजन ढकाल
२९ भाद्र २०८३, सोमबार
A A
गाजा सिटीमा इजरायली हवाई आक्रमण, दुई प्यालेस्टिनीको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गाजा सिटीको पश्चिमी क्षेत्रमा इजरायली हवाई आक्रमणमा परी दुई प्यालेस्टिनीको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

स्थानीय स्रोत तथा प्रत्यक्षदर्शीकाअनुसार आईतवार ताल अल–हवा क्षेत्रमा गुडिरहेको एउटा सवारीसाधनलाई लक्षित गरी इजरायली ड्रोनले क्षेप्यास्त्र प्रहार गरेको थियो । आक्रमणपछि सवारीसाधनमा विस्फोट हुनुका साथै आगलागी भएको थियो । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीकाअनुसार घटनामा दुई जनाको मृत्यु भएको र १३ जना विभिन्न गम्भीरताका चोटपटकबाट घाइते भएका छन् ।

इजरायली सेनाले आक्रमणको पुष्टि गर्दै मारिएका दुई जना हमासका लडाकु रहेको दाबी गरेको छ । इजरायली सेनाकाअनुसार उनीहरू हसन अली अबु नादा र अब्द अल–रहिम अहमद खलिल खावा हुन् । दुवै हमासको सैन्य शाखाअन्तर्गतको इन्जिनियरिङ युनिटमा आवद्ध रहेको र पछिल्लो समय हतियार उत्पादन तथा विकास तथा इजरायली सैनिक र सर्वसाधारणमाथि आक्रमणको तयारीमा संलग्न रहेको सेनाको आरोप छ ।

नाजुक युद्धविराम कायम रहे पनि गाजा क्षेत्रमा तनाव र सैन्य गतिविधि जारी रहेका बेला पछिल्लो आक्रमण भएको हो । गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार अक्टोबर २०२५ मा युद्धविराम लागू भएयता इजरायली आक्रमणमा कम्तीमा १,३६९ प्यालेस्टिनीको मृत्यु र ४,६२७ जना घाइते भएका छन् ।

यसैबीच, गाजा सिटीमा मेडिकल रिलिफका निर्देशक मोहम्मद अबु अफासले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले १३ अस्पताल र सात स्वास्थ्य केन्द्रलाई सेप्टेम्बर १९ पछि इन्धन आपूर्ति बन्द हुन सक्ने जानकारी दिएको बताएकाछन् । पर्याप्त कोषको अभावका कारण यस्तो अवस्था आएको उनको भनाइ छ ।

गाजाको स्वास्थ्य प्रणालीले यसअघि नै जेनेरेटर सञ्चालनका लागि आवश्यक इन्धन, औषधि तथा अन्य स्वास्थ्य सामग्रीको गम्भीर अभाव झेलिरहेको अबु अफासले बताएकाछन् ।

Previous Post

इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता

Next Post

सिरियामा इन्धनको मूल्य बढ्यो, डिजेलमा ४० प्रतिशतसम्म वृद्धि

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In