राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडाले जेन–जी आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवार र घाइतेलाई तत्काल न्याय दिन सरकारसँग माग गरेकी छन्।
बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवार तथा घाइतेहरू न्यायको माग गर्दै सरकारको ढोका ढकढक्याइरहे पनि सरकार गम्भीर नबनेको आरोप लगाइन्।
खतिवडाले शहीदका परिवारको पीडा सुन्न सरकारलाई आग्रह गर्दै न्याय कहिले पाउने भन्ने उनीहरूको प्रश्नको स्पष्ट जवाफ र ठोस कार्यान्वयन हुनुपर्ने बताइन्। साथै जेलमा रहेका जेन–जी आन्दोलनकारीलाई तत्काल रिहा गर्न पनि उनले माग गरिन्।
उनले हरेक वर्ष २३ भदौलाई शहीदको सम्झनामा आँसु झार्ने र फूलमाला चढाउने दिनमा मात्र सीमित नगर्न सरकारको ध्यानाकर्षण गराइन्।
