• About
  • Advertise
  • Careers
  • Contact
Sunday, September 27, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल

रिजन ढकाल by रिजन ढकाल
८ आश्विन २०८३, बिहीबार
A A
न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले न्यायपालिकाको स्वतन्त्रता र संविधानको सर्वोच्चतामाथि भइरहेको राजनीतिक प्रहारप्रति चिन्ता व्यक्त गरेका छन् ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले अदालतका फैसलाप्रति चित्त नबुझे कानूनसम्मत बाटो रोज्न सकिने भए पनि न्यायाधीशलाई धम्क्याउने र दबाबमा राख्ने कार्य लोकतान्त्रिक संस्कार हुन नसक्ने बताए । सांसद बरालले २०८२ भदौ २४ को घटनालाई स्मरण गर्दै न्यायपालिकामाथिको हमलाले लोकतन्त्रको जग नै कमजोर हुने जिकिर गरे ।

उनले संविधानको धारा १०५ लाई उद्धृत गर्दै अदालतमा विचाराधीन मुद्दा र न्यायाधीशका कार्यबारे संसदमा छलफल गर्न बन्देज रहेको स्मरण गराए । सत्तापक्षका सांसदहरूबाटै न्यायपालिका र न्यायाधीश लक्षित भइरहेका आपत्तिजनक अभिव्यक्तिहरूले न्यायिक स्वतन्त्रतामाथि नै प्रश्नचिह्न खडा गरेको उनको भनाइ छ ।

उनले भने, ‘अदालतलाई कमजोर पारेर लोकतन्त्र बलियो हुँदैन । सरकार र सत्तारुढ दलले संविधान र कानूनको सीमाबाहिर जाँदा रोक्नु अदालतको संवैधानिक कर्तव्य हो, त्यसैले अदालतसँग बदला लिने मानसिकता लोकतान्त्रिक हुन सक्दैन । अदालत कुनै सरकारको विरोधी होइन, संविधानको रक्षक हो । यदि आज अदालतलाई दबाउने बाटो खोजियो भने भोलि त्यसको मूल्य आम नागरिकले न्याय पाउने अधिकार गुमाएर चुकाउनुपर्ने हुन्छ ।’

उनले अदालत र संसदबीचको संवैधानिक सीमाको ख्याल राख्न आग्रह गर्दै न्यायपालिका संसदको मातहत नहुने स्पष्ट पारे । न्यायपालिकाको सुधारका लागि न्याय परिषद् जस्ता संवैधानिक निकायहरू सक्रिय रहनुपर्नेमा जोड दिँदै न्यायालयलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने आवश्यकता औँल्याए ।

 

Previous Post

त्रिभुवन विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

Next Post

वर्षाको पूर्वानुमानपछि देशभर ६४९ जोखिम क्षेत्र पहिचान, सुरक्षाकर्मी उच्च सतर्कतामा

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In