• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 1, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले) संसदीय दलका उपनेता तथा सांसद पद्माकुमारी अर्यालले असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाले मुलुकभर निम्त्याएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल उद्धार तथा राहत कार्य युद्धस्तरमा अघि बढाउन माग गरेकी छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले विपद्को यथार्थ विवरण सार्वजनिक गर्दै पीडितको सुरक्षित पुनःस्थापनाका लागि राष्ट्रिय गुरुयोजना आवश्यक रहेकोमा जोड दिइन्।

सांसद अर्यालले विशेषगरी कालीगण्डकी तटीय क्षेत्रमा बाढी र पहिरोले पुर्‍याएको क्षतिको विवरण प्रस्तुत गरिन्। प्रारम्भिक रिपोर्टअनुसार देशभर बाढीपहिरोमा परी १३ जनाको मृत्यु भएको, १२ जना बेपत्ता र चार जना घाइते भएका छन्। ४२९ घरधुरीका १ हजार ५०० नागरिक विस्थापित हुनुका साथै १८९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने २७० घर उच्च जोखिममा छन्।

आफ्नो जन्मथलो स्याङ्जाको सेतीवेणी क्षेत्रमा कालीगण्डकीको बाढीले पुर्‍याएको क्षतिको चर्चा गर्दै अर्यालले स्याङ्जा र पर्वतको संगमस्थल सेतीवेणीमा भौतिक संरचनासँगै धार्मिक तथा सांस्कृतिक सम्पदामा ठूलो क्षति पुगेको बताइन्।

स्याङ्जा र गुल्मी जोड्ने पक्की पुल बाढीले बगाउँदा जनजीवन कष्टकर बनेको उल्लेख गर्दै उनले बाढीपहिरोबाट प्रभावितहरूको तत्काल उद्धार, उपचार तथा खाद्यान्नको व्यवस्था गर्न माग गरिन्। क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा सञ्चार सेवा तत्काल पुनःस्थापना गर्नुपर्नेमा पनि उनले जोड दिइन्।

उनले तत्कालका लागि कालीगण्डकी जलविद्युत् आयोजनाको बाँध हुँदै हर्मीचौरतर्फको सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरिन्।

विपद् व्यवस्थापनका लागि सरकारले अपनाउनुपर्ने कार्ययोजनाबारे उनले पाँचबुँदे ध्यानाकर्षण गराइन्। साथै, जोखिमयुक्त क्षेत्रका बस्तीहरूको दीर्घकालीन व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वय गरी राष्ट्रिय गुरुयोजना निर्माण गर्न उनले जोड दिइन्।

सांसद अर्यालले विपद्को पूर्वानुमान तथा व्यवस्थापनमा देखिएका कानुनी अड्चन फुकाउन तत्काल आवश्यक कानुन निर्माण गर्नसमेत संसद्मार्फत सरकारको ध्यानाकर्षण गराइन्।

Previous Post

नेकपा प्रमुख सचेतक दुलालको प्रश्नः के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ

Next Post

कुवेतको अल हमरा टावरमा ‘पिक रेस २०२६’- ६० तलामाथि उक्लिन नौ सयभन्दा बढी धावकको प्रतिष्पर्धा

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In