• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 11, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि भागदौड, एक जनाको मृत्यु

रिजन ढकाल by रिजन ढकाल
१३ आश्विन २०८३, मंगलवार
A A
तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि भागदौड, एक जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । विराटनगरमा तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि भएको भागदौडका क्रममा पक्राउ परेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा अर्का एक व्यक्ति घाइते भएका छन्।

सोमबार राति करिब ११ः३० बजे विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरमा केही व्यक्ति तास खेलिरहेको अवस्थामा प्रहरीको गस्ती टोली पुगेको थियो। प्रहरी देखेपछि त्यहाँ रहेका व्यक्तिहरू भाग्न खोज्दा दुर्घटना भएको बताइएको छ।

घटनापछि प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइराला पनि थिए। भाग्ने क्रममा सामान्य चोट लागेका कोइरालालाई प्रहरीका अनुसार प्रारम्भिक स्वास्थ्य परीक्षणपछि सामान्य अवस्थामा रहेको देखिएको थियो।

प्रहरीका अनुसार कोइरालासहित सात जनालाई त्यस रात हिरासतमा राखिएको थियो। मंगलबार बिहान करिब ७ः३० बजे कोइराला हिरासतभित्र अचेत अवस्थामा फेला परेका थिए। उनलाई उपचारका लागि तत्काल कोशी अस्पताल लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि नोबेल शिक्षण अस्पताल पुर्‍याइएको थियो।

नोबेल शिक्षण अस्पतालका चिकित्सकले मंगलबार बिहान करिब ११ बजे कोइरालालाई मृत घोषणा गरेका थिए। उनको शव हाल अस्पतालमै रहेको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार कोइरालाको मृत्युको यकिन कारण तत्काल खुलिसकेको छैन। उनका अनुसार कोइरालाको यसअघि टाउकाको शल्यक्रिया भएको जानकारी पनि प्राप्त भएको छ।

यसै घटनामा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखिया भने दुई तलामाथिबाट हामफाल्दा घाइते भएका छन्। उनको दाहिने खुट्टामा चोट लागेपछि उपचार भइरहेको छ। उनी एम्बुलेन्स चालक रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गस्ती टोली त्यहाँ पुग्दा तास खेलिरहेको जानकारी पहिले नै प्राप्त भएको थिएन। प्रहरीको उपस्थितिपछि भाग्ने क्रममा मुखियाले घरको माथिल्लो तलाबाट हामफालेका थिए।

प्रहरीले घटनास्थलबाट कोइराला र मुखियासहित धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी, ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामतलाई नियन्त्रणमा लिएको जनाएको छ।

उनीहरूबाट ४८ हजार ३९५ रुपैयाँ नगद समेत बरामद भएको प्रहरीले जनाएको छ।

घटनामा मृत्यु भएका कोइरालाको मृत्युको कारण र भागदौडका क्रममा भएको घटनाबारे थप विवरण अनुसन्धानपछि स्पष्ट हुने प्रहरीले जनाएको छ।

Previous Post

संघीय निजामती सेवा विधेयक ढिलाइबारे सांसदहरूको प्रश्न

Next Post

फकल्यान्ड तेल परियोजनालाई लिएर अर्जेन्टिनाको बेलायतलाई चेतावनी

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In