• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home समाज

जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल

रिजन ढकाल by रिजन ढकाल
१४ आश्विन २०८३, बुधबार
A A
जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञ डा. महेश्वर ढकालले जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्न नहुने बताएका छन् ।

बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले जलवायु कार्यका लागि विदेशी सहायताको भर पर्नुभन्दा आन्तरिक स्रोतको सदुपयोगमा जोड दिनुपर्ने बताएका हुन् । आन्तरिक स्रोतबाट जलवायु कार्यका लागि पर्याप्त बजेट नपुगेपछि मात्रै अन्तर्राष्ट्रिय समुदायसँग सहयोग तथा अनुदान लिने रणनीति अपनाउनुपर्ने उनको भनाइ छ ।

उनकाअनुसार सरकारले आगामी पाँच वर्षभित्र जलवायुमैत्री बजेटको हिस्सा २० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । हाल कुल बजेटको करिब ५ प्रतिशत जलवायुमैत्री बजेटका रूपमा छुट्याउने अभ्यास रहँदै आएको छ । उनले राष्ट्रिय योजना आयोगको १६ औँ पञ्चवर्षीय योजनाले देशका ७ सय ५३ वटै स्थानीय तहमा जलवायु अनुकूलन योजना निर्माण गर्ने लक्ष्य लिएको पनि बताएका छन् ।

उनले जलवायु महासन्धिअन्तर्गतका कोषबाट नेपालले अधिकतम लाभ लिनसक्ने गरी रणनीति बनाउनुपर्नेमा पनि जोड दिएका छन् । अनुदान तथा क्षतिपूर्तिका लागि विकसित राष्ट्रहरूले विभिन्न प्रक्रियामा अल्झाउने अवस्था रहेको भन्दै जलवायु वित्तमा पहुँच बढाउन नेपालले आफ्नो कार्यप्रणाली सुधार गर्न आवश्यक रहेको पनि बताएका छन् । उनले नेपालको छरिएको बस्ती विकासलाई जलवायु तथा विकास नीतिको महत्वपूर्ण विषयका रूपमा लिनुपर्ने बताएका छन् । बस्ती विस्तार योजनाको पुनर्विचार गर्न आवश्यक रहेको पनि उनले बताएका छन् ।

उनले भने, ‘राष्ट्रिय योजना आयोगको १६ औँ पञ्चवर्षीय योजनाले ७ सय ५३ वटै स्थानीय तहमा अनुकूलन योजना बनाउने भनेको छ । अहिलेको बजेट प्रणालीमा ५ प्रतिशत बजेट जलवायुमैत्री बजेट तर्जुमा गर्ने चलन रहिआएको छ, त्यसलाई अबको पाँच वर्षमा २० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । विदेशबाट धेरै पैसा आउँछ र त्यसले हामी चाहिँ एकदम आमूल परिवर्तन गर्छौँ भन्ने सोचबाट अब हामी विस्तारै नेपाल सरकारकै बजेटको राम्रो सदुपयोग कसरी गर्न सक्छौँ र स्थानीय सरकार र स्थानीय कार्यालयहरूमा भएको बजेटलाई कसरी प्रभावकारी बनाउन सक्छौँ भन्ने विषय महत्वपूर्ण हो । यो कुरामा हामी सबैले जोड दिनुपर्छ । आन्तरिक बजेटले जलवायु कार्य पुगेन भने बल्ल हामीले विदेशी समुदायसँग सहयोग माग्ने कुरा गर्नुपर्छ होला । जलवायु महासन्धिअन्तर्गत पाँचवटा कोष छन् । त्यो पाँचवटा कोषमा ग्रीन क्लाइमेट फण्ड, एडप्सन फण्ड, ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी, फण्ड फर रेस्पोन्डिङ लस एण्ड ड्यामेज र क्लाइमेट इन्भेस्टमेन्ट फण्ड छन् । त्यसमध्ये ग्रीन क्लाइमेट फण्डबाहेक सबै फण्डहरू वल्र्ड बैंकको छत्रछायाँमा सञ्चालित हुन्छन् । यसमा हामीलाई विकसित राष्ट्रहरूले विभिन्न प्रक्रियामा अल्झाइरहेको स्थिति छ । अब हामीले कस्तो मेथोडोलोजी डेभलप गर्ने हो, जसबाट हामीले बढीभन्दा बढी लाभ लिन सक्छौँ भन्ने कुरामा छलफल गर्न आवश्यक रहेको छ ।’

आगामी जलवायु सम्मेलनमा राष्ट्रप्रमुख तथा सरकार प्रमुखका लागि छुट्टै ‘लिडर समिट’ हुने र त्यसमा उच्च राजनीतिक नेतृत्वले सम्बोधन गर्ने व्यवस्था रहेकोमा त्यसमा नेपालको उपस्थिति बलियो हुनुपर्नेमा उनको जोड छ ।

Previous Post

तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी

Next Post

कानून निर्माणका क्रममा हुने बहस सार्वजनिक खपतका लागि मात्रै हुनुहुँदैनः सभापति बाँस्कोटा

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In