• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

तातोपानी नाका सञ्चालनबारे महासङ्घ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल

रिजन ढकाल by रिजन ढकाल
१४ आश्विन २०८३, बुधबार
A A
तातोपानी नाका सञ्चालनबारे महासङ्घ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच तातोपानी भन्सार नाका पुनः सञ्चालनका लागि आवश्यक कूटनीतिक तथा प्राविधिक सहजीकरणबारे छलफल भएको छ।

भेटका क्रममा अध्यक्ष श्रेष्ठले चीनतर्फबाट आवश्यक समन्वय गरी तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन आग्रह गरेका छन्। उनले नाका बन्द हुँदा आपूर्ति प्रणालीमा परेको असर कम गर्न तथा व्यापारी र उपभोक्तालाई सहज रूपमा सामान उपलब्ध गराउन तत्काल पहल आवश्यक रहेको बताए।

श्रेष्ठले कठिन अवस्थामा दुई देशका सम्बन्धित निकायबीच निरन्तर समन्वय हुनुपर्नेमा जोड दिँदै व्यापारिक आवागमन सहज बनाएर निजी क्षेत्रको व्यावसायिक विश्वास कायम राख्नुपर्ने बताए।

रसुवागढी र कोरला नाकामा समेत विभिन्न अवरोध देखिएपछि चाडपर्वको मुख्य व्यापारिक समय नजिकिँदै गर्दा नेपाल–चीन व्यापार तथा आपूर्ति शृङ्खलामा थप दबाब परेको विषयमा उनले राजदूतको ध्यानाकर्षण गराएका थिए।

जवाफमा राजदूत झाङले बाढीका कारण नेपाल र चीन दुवैतर्फ भएको मानवीय तथा भौतिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै प्रभावित व्यापारिक मार्गलाई सकेसम्म छिटो सञ्चालनमा ल्याउने प्रयास भइरहेको जानकारी दिए।

उनका अनुसार रसुवागढी–केरुङ व्यापारिक मार्गको अवस्था बुझ्न नेपाली र चिनियाँ अधिकारीहरूले संयुक्त रूपमा स्थलगत निरीक्षण गरिरहेका छन्। सडक तथा अन्य आवश्यक पूर्वाधारको मर्मत र पुनर्स्थापनाका लागि चिनियाँ पक्षबाट तीव्र गतिमा काम गर्ने टोली परिचालन गरिएको पनि उनले बताए।

भोटेकोशी नदीमा आएको बाढीबाट रसुवागढी–केरुङ नाकातर्फ जाने पुल, भन्सार कार्यालय, सुख्खा बन्दरगाह (आईसीडी) लगायतका संरचनामा क्षति पुगेको छ। काठमाडौँलाई चीनको सीमासँग जोड्ने करिब १४५ किलोमिटर सडकखण्डमध्ये करिब ४५ किलोमिटर क्षेत्रमा समेत क्षति पुगेको बताइएको छ।

अध्यक्ष श्रेष्ठले विपद्को समयमा चीनबाट प्राप्त सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद दिँदै व्यापार तथा लगानी क्षेत्रमा देखिएका समस्या समाधान गर्न दुई देशबीचको सहकार्य थप प्रभावकारी बनाउनुपर्ने बताए।

भेटमा नेपाल र चीनका निजी क्षेत्रबीच व्यापार तथा लगानीका चुनौती र सम्भावनाबारे छलफल गर्न संयुक्त व्यापार मञ्च आयोजना गर्ने विषयसमेत उठेको छ। आर्थिक पुनरुत्थान तथा दीर्घकालीन व्यापारिक सहकार्यका लागि सम्भावित समाधान पहिचान गर्न यस्तो मञ्च उपयोगी हुनेमा दुवै पक्षले जोड दिएका छन्।

Previous Post

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई राजनीतिक हस्तक्षेपमुक्त र आधुनिक बनाइनेः मन्त्री पुन

Next Post

गम्भीर अपराधमा संलग्नबाहेक जेनजी आन्दोलनकारीलाई रिहा गर्न सिफारिस

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In