भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५८ पुग्यो, ४ हजार ७२० जना अझै बेपत्ता
काठमाडौं, २८ असोज । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ६ बजेसम्म १ हजार ४५८ जनाको शव फेला परेको छ।
जसमध्ये रसुवामा २३७ जना, नुवाकोटमा २०५ जना, धादिङमा ७३ जना, चितवनमा ३६९ जना, गोरखामा ८० जना, तनहुँमा ३०८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको जनाइएको छ। साथै, दुई जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३६ वटा शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि शवका १ हजार ३३७ वटा र आफन्तका २ हजार ९० गरी कुल ३ हजार ४२७ वटा डीएनए नमुना सङ्कलन गरिएको छ।
जसमध्ये १ हजार ३१२ वटा शव र २ हजार ८१ जना आफन्तका गरी कुल ३ हजार ३९३ वटा डीएनए नमुनाको प्रोफाइलिङ गरिएको छ। साथै, पहिचान नभएका १ हजार ४३८ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका ४ हजार ७२० जनाको खोजी कार्य जारी छ। यसैगरी, विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा ९९५ जना व्यक्तिलाई राखिएको छ।
