२८ असोज, काठमाडौं । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुमेद भट्टराई नियुक्त भएका छन्।
बैंकको सञ्चालक समितिको ३३०औँ बैठकले आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी भट्टराईलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। हाल उनी बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) का रूपमा कार्यरत छन्।
भट्टराईको कार्यकाल चार वर्षको हुनेछ। हाल बैंकको सीईओको जिम्मेवारी अजयविक्रम शाहले सम्हालिरहेका छन्। शाहको दुई कार्यकाल पूरा हुन लागेसँगै बैंकले भट्टराईलाई नयाँ सीईओका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।
