• About
  • Advertise
  • Careers
  • Contact
Monday, October 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

डा. अस्मिता बिष्टको पहिलो निबन्ध संग्रह ‘समय सालामा नृत्यमग्न आकृति’ सार्वजनिक

रिजन खड्का by रिजन खड्का
२९ अशोज, २०८३
A A
डा. अस्मिता बिष्टको पहिलो निबन्ध संग्रह ‘समय सालामा नृत्यमग्न आकृति’ सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । उपप्राध्यापक तथा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ डा. अस्मिता बिष्टको पहिलो निबन्ध संग्रह ‘समय सालामा नृत्यमग्न आकृति’ सार्वजनिक गरिएको छ। मंगलबार धरानमा आयोजित समारोहमा उक्त कृति लोकार्पण गरिएको हो।

महेन्द्र बहुमुखी क्याम्पस, धरानको अंग्रेजी विभागले आयोजना गरेको कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा प्रा. डा. गोपालप्रसाद भण्डारी, प्रा. डा. खेमनाथ दाहाल र सहप्रा. डा. मोहन तुम्बाहाङलगायत साहित्य तथा प्राज्ञिक क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो।

कृतिमाथि टिप्पणी गर्दै महेन्द्र बहुमुखी क्याम्पसको नेपाली विभागका प्रमुख उपप्राध्यापक डा. दीपकप्रसाद न्यौपानेले संग्रहमा समेटिएका १७ वटा निजात्मक निबन्धको चर्चा गरे। उनले निबन्धको सैद्धान्तिक मापदण्डका आधारमा कृतिलाई उत्कृष्ट रहेको मूल्यांकन गरे।

त्यस्तै, समीक्षक प्राध्यापक डा. इन्दिरा मिश्रले परिवृत्त चेतनाको प्रयोग, मातृत्व, नारीवादी चेतना र शिल्पसौन्दर्यजस्ता पक्षलाई संग्रहको विशेषताका रूपमा औँल्याइन्। उनका अनुसार यी पक्षका दृष्टिले कृति नेपाली निबन्ध परम्पराकै उत्कृष्ट कृतिमध्ये पर्छ।

लोकार्पण समारोहमा लेखक र श्रोताबीच अन्तरक्रिया पनि गरिएको थियो। सो क्रममा निबन्धकार डा. बिष्टले आफू समीक्षा र सिर्जना दुवै क्षेत्रमा सक्रिय रहे पनि समीक्षाभन्दा सिर्जनात्मक लेखनमा बढी रमाउने गरेको बताइन्।

कक्षा पाँचदेखि नै कविता लेख्न थालेको स्मरण गर्दै उनले आगामी दिनमा पनि कविता र निबन्ध लेखनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

Previous Post

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकट सेवा सुरु, अब घरबाटै टिकट काट्न सकिने

Next Post

भक्तपुरको राँगा बजारमा घट्यो चहलपहल, चिन्तामा व्यापारी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000