९ कात्तिक, काठमाडौं। प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटसँग सम्बन्धित खेलाडी तथा आयोजकलाई शुभकामना दिएका छन्।
प्रधानमन्त्री शाहले एनपीएल छोटो समयमै नेपालको प्रमुख खेलकुद उत्सवका रूपमा स्थापित हुँदै गएको उल्लेख गरेका छन्। प्रतियोगितामा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई स्वागत गर्दै उनले नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिताको सफलताका लागि शुभकामना दिएका हुन्।
उनले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा उल्लेख गर्दै नेपाली क्रिकेटको प्रगतिप्रति शुभेच्छा व्यक्त गरेका छन्। साथै, प्रतियोगितामा सहभागी सबै पक्षलाई सफलताको कामना गर्दै नेपाली क्रिकेटको निरन्तरताका लागि शुभकामना दिएका छन्।
एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु भएर मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।
