शाहरुखले मंगलबार सामाजिक सञ्जालमार्फत नयाँ फिल्म ‘किङ’ को पोस्टर सार्वजनिक गर्दै क्रिसमसमा रिलिज हुने जानकारी दिएका हुन् ।
शाहरुख खान एक्सन थ्रिलर चलचित्रमार्फत तीन वर्ष लामो विश्रामको अन्त्य गर्दैछन् । ‘पठान’ पछि उनले ‘किङ’ का लागि निर्देशक सिद्धार्थ आनन्दसँग पुनः सहकार्य गर्दैछन् ।
‘किङ’ लाई पारिवारिक ड्रामा, रोमान्स र मनोरञ्जनका लागि आवश्यक पर्ने सम्पूर्ण मसलेदार तत्वहरूले भरिएको ‘ग्याङस्टर सागा’ का रूपमा चर्चा गरिएको छ । ‘किङ’ मा शाहरुखकै छोरी सुहाना खान, अनिल कपुर र अभिषेक बच्चनजस्ता मल्टिस्टारको अभिनय रहेको छ ।
