स्ट्याण्डर्ड चार्टर्ड बैंकले शेयरधनीलाई १६ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
सोमबार बसेको बैंकको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १६ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो। उक्त लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको बैंकले जनाएको छ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। त्यसपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।
