• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

ठगी र वित्तीय अपराधको अनुसन्धान हङकङ प्रहरीको प्राथमिकतामा

रिजन खड्का by रिजन खड्का
११ कार्तिक, २०८३
A A
ठगी र वित्तीय अपराधको अनुसन्धान हङकङ प्रहरीको प्राथमिकतामा
0
SHARES
0
VIEWS

हङकङ प्रहरीले सीमापार हुने अपराधको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहेकाले ठगी तथा वित्तीय अपराधसम्बन्धी अनुसन्धानलाई प्राथमिकतामा राखेको जनाएको छ । हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका प्रहरी आयुक्त चाउ याट–मिङले सिन्ह्वासँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

हङकङमा इन्टरपोलको ९४औँ महासभा आयोजना हुन लागेको सन्दर्भमा उनले सम्मेलनलाई विभिन्न देश तथा क्षेत्रका सुरक्षा निकायसँग सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा उपयोग गरिने बताए । सम्मेलनका क्रममा द्विपक्षीय बैठक, सूचनाको आदानप्रदान तथा अनुसन्धान क्षमता अभिवृद्धिसम्बन्धी सहकार्यलाई अघि बढाइने उनको भनाइ छ ।

आगामी नोभेम्बर ३० देखि डिसेम्बर ३ सम्म आयोजना हुने महासभा चीनले आयोजना गर्न लागेको तेस्रो अवसर हो भने हङकङमा पहिलोपटक हुन लागेको हो । यस्तो महत्त्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्न पाउनु हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका लागि सम्मानको विषय भएको चाउले बताए ।

उनले ‘एक देश, दुई प्रणाली’ व्यवस्थाको प्रभावकारिता र उपलब्धि विश्वसामु प्रस्तुत गर्ने तथा हङकङ प्रहरीको क्षमता र सहरको पहिचान अन्तर्राष्ट्रिय समुदायमा स्थापित गर्ने अवसरका रूपमा सम्मेलनलाई लिइएको बताए ।

इन्टरपोलका महासचिव भाल्देसी उर्किजाका अनुसार सम्मेलनमा १९६ सदस्य राष्ट्र तथा क्षेत्रका दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ । उनीहरूले कानुन कार्यान्वयनका प्राथमिकता र चुनौतीबारे छलफल गर्नुका साथै इन्टरपोल तथा सदस्य राष्ट्रहरूका लागि अपराध नियन्त्रणसम्बन्धी रणनीति विकास गर्न सहयोग गर्नेछन् ।

उर्किजाले हङकङ वित्त, व्यापार र डिजिटल सेवाको प्रमुख केन्द्र भएकाले अन्तर्राष्ट्रिय सुरक्षा निकायबीच सहकार्य र समन्वयका विषयमा छलफल गर्न उपयुक्त स्थान भएको बताए । उनका अनुसार सम्मेलनमा आपराधिक सङ्गठनको वित्तीय सम्पत्ति, कृत्रिम बुद्धिमत्ता (एआई) सँग सम्बन्धित अपराध तथा विश्वव्यापी ठगीजस्ता विषयमा विशेष छलफल हुनेछ ।

विभिन्न देश तथा क्षेत्रका सुरक्षा निकायसँग सहकार्य थप सुदृढ गर्ने प्रयासस्वरूप हङकङ इन्टरनेसनल एकेडेमी अफ पुलिसिङ पनि नोभेम्बरमा सञ्चालनमा आउने तयारी छ । प्रहरी आयुक्त चाउका अनुसार एकेडेमीले अन्तर्राष्ट्रिय अनुभव हङकङमा भित्र्याउनुका साथै हङकङको प्रहरी अभ्यास र अनुभव विश्वसामु साझा गर्ने उद्देश्य राखेको छ ।

 

Previous Post

जोर्डनद्वारा दक्षिणी सिरियामा हवाई आक्रमण, चर्च आक्रमणमा संलग्न लडाकुहरूलाई निशाना बनाएको दाबी

Next Post

को हुन् ब्राजिलका नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा ?

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav