• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

को हुन् ब्राजिलका नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा ?

रिजन खड्का by रिजन खड्का
११ कार्तिक, २०८३
A A
को हुन् ब्राजिलका नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा ?
0
SHARES
0
VIEWS

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आइतबार भएको राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा पुनरागमनसहित जित हासिल गरेका छन् । पहिलो चरणमा अग्रता लिएका लिबरल पार्टीका उम्मेदवार फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै लुलाले चौथोपटक राष्ट्रपतिको कार्यकाल सम्हाल्ने अवसर प्राप्त गरेका छन् । सन् १९४५ अक्टोबरमा ब्राजिलको उत्तरपूर्वी क्षेत्रमा जन्मिएका लुला गरिब ग्रामीण परिवारका सातौँ सन्तान हुन् ।

सन् १९७० को दशकको सुरुवातदेखि उनी क्रमशः ट्रेड युनियन नेताका रूपमा उदाएका थिए । गरिब तथा श्रमिक वर्गको आवाज उठाउने नेताका रूपमा परिचित लुला तत्कालीन सैन्य शासनविरुद्धको आन्दोलनमा पनि अग्रणी भूमिकामा थिए । सन् १९८० मा उनले वर्कर्स पार्टी (पीटी) स्थापना गर्न सहसंस्थापकका रूपमा भूमिका निर्वाह गरेका थिए । सन् २००२ को राष्ट्रपतीय निर्वाचनमा भारी मतान्तरसहित विजय हासिल गरेपछि लुला श्रमिक पृष्ठभूमिबाट ब्राजिलको राष्ट्रपति बन्ने पहिलो व्यक्ति बनेका थिए । सन् २००६ मा उनी पुनः निर्वाचित भएका थिए ।

उनको प्रमुख सामाजिक कार्यक्रम ‘बोल्सा फामिलिया’ (परिवार भत्ता) अन्तर्गत गरिब परिवारलाई नगद सहायता उपलब्ध गराइन्थ्यो । उक्त कार्यक्रमले लाखौँ ब्राजिलियन नागरिकलाई गरिबीबाट बाहिर निकाल्न सहयोग गरेको थियो । सन् २०१४ मा ब्राजिलका न्यायिक निकायले ‘अपरेसन कार वास’ नामक व्यापक भ्रष्टाचारविरोधी अनुसन्धान सुरु गरेका थिए । त्यसक्रममा लुलामाथि पनि अनुसन्धान भएको थियो र उनलाई दोषी ठहर गर्दै जेल पठाइएको थियो । तर, सन् २०२१ मार्चमा ब्राजिलको सर्वोच्च संघीय अदालतले उनीमाथि भ्रष्टाचारसम्बन्धी मुद्दामा भएका सबै दोषसिद्धि खारेज गरिदिएको थियो ।

त्यसपछि लुला सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रिएका थिए । तत्कालीन राष्ट्रपति जाइर बोल्सोनारोलाई पराजित गर्दै उनी निर्वाचित भएका थिए । यससँगै उनी जनमतबाट तीनपटक राष्ट्रपति निर्वाचित हुने ब्राजिलका पहिलो राष्ट्रपति बनेका थिए । लुलाले सरकारको भूमिकालाई थप प्रभावकारी बनाउने, सामाजिक नीतिहरू सुदृढ गर्ने तथा श्रमिक अधिकारको संरक्षण गर्ने नीतिको वकालत गर्दै आएका छन् । विदेश नीतिमा उनी अन्तर्राष्ट्रिय मामिलामा सक्रिय सहभागिताका पक्षधर छन् । उनको परिमार्जित विदेश नीति कार्यसूचीमा ब्रिक्स राष्ट्रबीचको सहकार्य तथा विकासशील मुलुकहरूबीचको दक्षिण–दक्षिण सहकार्यलाई प्राथमिकता दिइएको छ ।

लुलाले चीनसँगको सम्बन्धलाई विशेष महत्त्व दिँदै आएका छन् । न्यायपूर्ण विश्व र दिगो पृथ्वी निर्माणका लागि चीन र ब्राजिलबीच साझा भविष्यसहितको समुदाय निर्माण गर्ने प्रयासलाई उनले सक्रिय रूपमा अघि बढाएका छन् । लुलाले सन् २०२७ जनवरी ५ देखि ब्राजिलको राष्ट्रपतिका रूपमा चौथो चारवर्षे कार्यकाल सुरु गर्ने कार्यक्रम रहेको छ ।

 

Previous Post

ठगी र वित्तीय अपराधको अनुसन्धान हङकङ प्रहरीको प्राथमिकतामा

Next Post

इजिप्ट र इरानका विदेशमन्त्रीबीच क्षेत्रीय घटनाक्रम र तनाव कम गर्ने प्रयासबारे छलफल

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav