• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

रातिको अँध्यारोमा चौपाया तस्करी, १० वटा गाईगोरु एसएसबीको नियन्त्रणमा

रिजन खड्का by रिजन खड्का
१२ कार्तिक, २०८३
A A
रातिको अँध्यारोमा चौपाया तस्करी, १० वटा गाईगोरु एसएसबीको नियन्त्रणमा
0
SHARES
0
VIEWS
रौतहट, १२ कात्तिक । नेपालबाट भारततर्फ भइरहेको चौपाया तस्करीको प्रयास भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय प्रहरीको संयुक्त कारबाहीपछि विफल भएको छ। भारत–नेपाल सीमा क्षेत्रमा गरिएको निगरानीका क्रममा तस्करीका लागि ल्याइएका १० वटा गाईगोरु बरामद गरिएका छन्।

बारा जिल्लासँग सीमा जोडिएको भारतको बिहारस्थित मोतिहारीमा तैनाथ एसएसबीको ७१औँ बटालियनअन्तर्गत ई–कम्पनी बेलदरवामठ र आदापुर प्रहरीको संयुक्त टोलीले बिहीबार बिहान करिब २:१५ बजे ती चौपाया नियन्त्रणमा लिएको हो।

एसएसबीको इन्टेलिजेन्स युनिटबाट प्राप्त विशेष सूचनाका आधारमा संयुक्त टोलीले भारतको इनर्वा (लरहाटोला) गाउँनजिक निगरानी बढाएको थियो। सोही क्रममा नेपाल–भारत सीमा स्तम्भ नम्बर ३८४/१८ बाट भारतीय भूमितर्फ करिब ५० मिटरको दूरीमा तस्करीका लागि ल्याइएका चौपाया फेला परेका थिए।

बरामद गरिएका चौपायामा तीन वटा गाई, चार वटा बाच्छा र तीन वटा बाच्छी रहेका छन्। प्रारम्भिक विवरणअनुसार ती चौपाया नेपालको निलकण्ठ क्षेत्रबाट भारतको सिरसियाकलातर्फ लैजाने तयारी गरिएको थियो।

संयुक्त सुरक्षा टोलीले चौपाया नियन्त्रणमा लिए पनि तस्करीमा संलग्न व्यक्तिहरू भने रातिको अँध्यारोको फाइदा उठाउँदै नेपालतर्फ फरार भएका थिए।

बरामद गरिएका सबै चौपाया थप कानुनी प्रक्रिया अघि बढाउन आदापुर प्रहरी थानामा बुझाइएको एसएसबीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न प्राप्त सूचनाका आधारमा निगरानी र संयुक्त गस्तीलाई निरन्तरता दिइएको एसएसबीको ७१औँ बटालियन मुख्यालय पिपराकोठीले जनाएको छ।

Previous Post

कोप–३१ मा हिमाल संरक्षण, जलवायु न्याय र प्रभावित समुदायको हितलाई प्राथमिकता दिन पराजुलीको जोड

Next Post

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ट्यालेन्ट शो

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav