• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

रौतहट र सर्लाहीबाट २८ लाखभन्दा बढीका अवैध सामान बरामद

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
रौतहट र सर्लाहीबाट २८ लाखभन्दा बढीका अवैध सामान बरामद
0
SHARES
0
VIEWS

रौतहट, १३ कात्तिक । तिहार तथा छठ पर्व नजिकिँदै गर्दा सीमावर्ती क्षेत्रमा भन्सार छली गरी नेपाल भित्र्याइएका सामानविरुद्ध सुरक्षा निकायले निगरानी कडा पारेका छन्। यसैक्रममा रौतहट र सर्लाहीबाट प्रहरीले २८ लाख रुपैयाँभन्दा बढी मूल्यका कपडा तथा पटका बरामद गरेको छ।

रौतहटको गौर नगरपालिका–१ मा बिहीबार राति सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले मनोज साह (छोट्का) को घरमा छापा मार्दा ११ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न प्रकारका कपडा फेला पारेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाका आधारमा राति करिब ११ बजे सशस्त्र प्रहरी बल गौर गुल्मका डीएसपी दुर्गाप्रसाद भट्ट र भन्सार सुरक्षा गार्डका वरिष्ठ प्रहरी नायव निरीक्षकको संयुक्त कमाण्डमा खटिएको टोलीले घर खानतलासी गरेको थियो। बरामद कपडा भन्सार प्रक्रिया पूरा नगरी भित्र्याइएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यस्तै, सर्लाहीको मलंगवा नगरपालिका–१ भेडेहियास्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब १७ लाख ३५ हजार रुपैयाँ बराबरका पटका तथा कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मलंगवा, गण अगर्बा र बीओपी खुटौनाबाट खटिएको ६२ जनाको संयुक्त टोलीले राति ९ बजे देवनारायण यादव र योगेन्द्र यादवको घर तथा गोठमा खानतलासी गर्दा लुकाइराखिएको अवस्थामा करिब १५ लाख रुपैयाँका पटका र २ लाख ३५ हजार रुपैयाँका कपडा फेला पारेको हो।

सशस्त्र प्रहरीका एसपी अमरबहादुर खत्रीका अनुसार बरामद कपडा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मलंगवा भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको बताएका छन्।

चाडपर्वको अवसरमा पटका तथा भन्सार छलीका सामानको अवैध कारोबार बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा निगरानी र गस्तीलाई तीव्र पारिएको सुरक्षा निकायले जनाएको छ।

Previous Post

इजरायलमा सरकार गठन अन्योलमा, नेतान्याहुको गठबन्धनले बहुमत गुमाएपछि अरब दल निर्णायक

Next Post

भूमिगत विद्युत् लाइन विस्तारका लागि काठमाडौंका विभिन्न क्षेत्रमा आठ दिन विद्युत् कटौती

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav