• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

मधेस प्रदेशमा कृषि क्षेत्रमा झन्डै ९ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
मधेस प्रदेशमा कृषि क्षेत्रमा झन्डै ९ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह
0
SHARES
0
VIEWS

धनुषा । मधेस प्रदेशका किसान तथा कृषि व्यवसायीले गत आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थाबाट ८ अर्ब ९९ करोड रुपैयाँ सहुलियतपूर्ण कृषि कर्जा प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले यस्तो विवरण देखाएको हो ।

प्रदेशका आठ जिल्लामध्ये धनुषामा सबैभन्दा बढी १ अर्ब २ करोड रुपैयाँ अर्थात् १६.५४ प्रतिशत कर्जा प्रवाह भएको छ । त्यसैगरी सप्तरीमा सबैभन्दा कम ३० करोड रुपैयाँ अर्थात् ४.८७ प्रतिशत कर्जा लगानी भएको प्रतिवेदनमा उल्लेख छ ।

मधेस प्रदेशको अर्थतन्त्रमा कृषि, वन तथा मत्स्य क्षेत्रको भूमिका महत्वपूर्ण देखिएको छ । आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यस क्षेत्रको योगदान ३४.९७ प्रतिशत रहने अनुमान गरिएको छ । सोही अवधिमा प्रदेशको प्रतिव्यक्ति जीडीपी ९३४ अमेरिकी डलर पुग्ने अनुमान छ । खानी तथा उत्खनन क्षेत्रको योगदान भने सबैभन्दा कम ०.१४ प्रतिशत रहने आकलन गरिएको छ ।

कृषि उत्पादनको क्षेत्रफलमा पनि फरक–फरक अवस्था देखिएको छ । फलफूल खेतीको क्षेत्रफल ३३.९९ प्रतिशत र मसला बालीको क्षेत्रफल ४.४६ प्रतिशतले बढेको छ । तर खाद्यान्न तथा अन्य बाली लगाइएको क्षेत्रफल ४.४७ प्रतिशत र तरकारी तथा बागवानी क्षेत्र १०.१५ प्रतिशतले घटेको प्रतिवेदनमा जनाइएको छ ।

उत्पादनको विवरणअनुसार तरकारी तथा बागवानीमा ०.५४ प्रतिशत र फलफूलमा ४.९९ प्रतिशत वृद्धि भएको छ । यसको विपरीत खाद्यान्न तथा अन्य बालीको उत्पादन ५.६९ प्रतिशत तथा मसला बालीको उत्पादन ४.४४ प्रतिशतले घटेको छ ।

पशुपन्छीजन्य उत्पादनमा मासुको उत्पादन १०.१९ प्रतिशत र अन्डाको उत्पादन ३.११ प्रतिशतले बढेको छ । दूध उत्पादन भने २.६७ प्रतिशतले घटेको छ । माछा उत्पादनमा ५.०५ प्रतिशत वृद्धि हुँदा वनजन्य उत्पादनतर्फ काठको उत्पादन ६०.५८ प्रतिशत र दाउराको उत्पादन ७८.६२ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

कृषि, माछापालन तथा वन क्षेत्रमा सहुलियतपूर्ण कर्जाबाहेक पनि ठूलो लगानी रहेको छ । २०८३ असार मसान्तसम्म यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले ५९ अर्ब ८६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो प्रदेशमा लगानी भएको कुल कर्जाको १२.१० प्रतिशत हो ।

औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जामा पनि सामान्य बढोत्तरी देखिएको छ । गत आर्थिक वर्ष उद्योग क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा ०.६८ प्रतिशतले वृद्धि भएर १ खर्ब २८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कर्जा १ खर्ब २८ अर्ब ९ करोड रुपैयाँ थियो । अध्ययनमा समेटिएका प्रमुख उद्योगको औसत उत्पादन क्षमता उपयोग ६४.५९ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ ।

घरजग्गा कारोबारतर्फ गत आर्थिक वर्ष मधेस प्रदेशमा १ लाख १६ हजार २०७ वटा कारोबार दर्ता भएका छन् । ती कारोबारबाट सरकारले ३ अर्ब २२ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

बैंकिङ क्षेत्रको निक्षेपमा भने उल्लेख्य वृद्धि भएको छ । २०८३ असार मसान्तसम्म मधेस प्रदेशका बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेप १७.३२ प्रतिशतले बढेर ४ खर्ब ७८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । सोही अवधिमा कर्जा प्रवाह भने ०.१८ प्रतिशतले घटेर ४ खर्ब ९४ अर्ब ९५ करोड रुपैयाँमा सीमित भएको छ ।

पूर्वाधार विकासका दृष्टिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, काठमाडौं–तराई–मधेस द्रुतमार्ग र राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रम प्रदेशका प्रमुख आयोजनाका रूपमा रहेका छन् । तीमध्ये हुलाकी राजमार्ग निर्माणको प्रगति तुलनात्मक रूपमा तीव्र रहेको प्रतिवेदनमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा जानेको सङ्ख्याका हिसाबले पनि मधेस प्रदेश अग्रस्थानमा देखिएको छ । आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका १ लाख ७९ हजार ४१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यो देशभर श्रम स्वीकृति लिने कुल सङ्ख्याको २२.६० प्रतिशत हो ।

राष्ट्र बैंकको अध्ययनले मधेस प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदानसँगै बैंकिङ लगानी, निक्षेप, औद्योगिक गतिविधि, घरजग्गा कारोबार र वैदेशिक रोजगारीको अवस्थासमेत प्रस्तुत गरेको छ ।

 

Previous Post

नेपालका थप ६ चुचुरालाई छुट्टै ८ हजार मिटर अग्ला हिमालको मान्यता दिलाउने पहल

Next Post

इजरायलको सत्ता समीकरणमा प्यालेस्टिनी दल निर्णायक, तर गठबन्धनमा किन अस्वीकार ?

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav