काठमाडौँ। नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार रहेका नवराज त्रिपाठीले भोट माग्न रोबोटको प्रयोग गरे । इन्जिनियरसमेत रहेका त्रिपाठीले रोबोटसँगै पछिपछि हिँड्दै राष्ट्रिय सभागृहमा प्रतिनिधिसँग भेटघाट र मत मागे । अघिअघि हिँडिरहेको रोबोटले उनका लागि मत माग्यो । मत मागेपछि रोबोटले अन्तिममा भन्यो – जय नेपाल !
