• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home प्रदेश गण्डकी प्रदेश

सडक अवरुद्ध भएपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढ्यो

रिजन ढकाल by रिजन ढकाल
२२ आश्विन २०८३, बिहीबार
A A
सडक अवरुद्ध भएपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढ्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढी र पहिरोका कारण अवरुद्ध भएपछि पोखरा–जोमसोम हवाई मार्गमा यात्रुको चाप उल्लेख्य रूपमा बढेको छ। सडकमार्ग सञ्चालनमा नआएपछि मुस्ताङ आवतजावत गर्ने यात्रु तथा पर्यटकका लागि हवाई सेवा प्रमुख विकल्प बनेको हो।

जोमसोम विमानस्थलका प्रमुख विश्वनाथ शर्माका अनुसार यात्रुको माग बढे पनि उडान क्षमता सीमित भएकाले सबैलाई सहज रूपमा सेवा दिन चुनौती भइरहेको छ। हाल तारा एयर र समिट एयरका ट्विनअटर जहाजले पोखरा–जोमसोम सेवा सञ्चालन गरिरहेका छन्।

सामान्य अवस्थामा दुवै एयरलाइन्सले दैनिक पाँच–पाँच उडान गर्दै आए पनि यात्रुको चाप बढेपछि अहिले सात–सात वटासम्म उडान सञ्चालन भइरहेको शर्माले जानकारी दिए। सडक सम्पर्क विच्छेद भएपछि हवाई यात्रामा निर्भरता बढेको उनको भनाइ छ।

पर्यटकीय मौसम सुरु भएसँगै मुस्ताङ जाने आन्तरिक तथा विदेशी पर्यटकको संख्या पनि बढिरहेको छ। यस अवधिमा मुक्तिनाथ दर्शनका लागि जाने तीर्थयात्रीको चापसमेत रहने गरेको छ। विशेषगरी सोह्रश्राद्धका बेला नेपाल तथा भारतबाट मुक्तिनाथ दर्शनसँगै कागबेनीमा पितृतर्पण गर्न आउने हिन्दू धर्मावलम्बीको संख्या उल्लेख्य हुने गर्छ।

यात्रुको व्यवस्थापनमा एयरलाइन्सहरूले बिरामी, अशक्त तथा विदेशी पर्यटकलाई प्राथमिकता दिइरहेका छन्। उनीहरूको यात्रालाई सहज बनाउन स्थानीय प्रशासन र विमानस्थल कार्यालयले आवश्यक सहजीकरण गरिरहेको विमानस्थल प्रमुख शर्माले बताए।

पर्यटकीय याममा सामान्यतया पनि पोखरा–जोमसोम उडानको माग उच्च हुने गरेकोमा सडक अवरुद्ध भएपछि यात्रुको संख्या थप बढेको उनको भनाइ छ। सडक सञ्चालनमा आएपछि हवाई यात्रामा देखिएको चाप क्रमशः कम हुने अपेक्षा गरिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार जोमसोम क्षेत्रमा दिउँसोको समयमा हावाहुरीको प्रभाव बढी हुने भएकाले अधिकांश उडान बिहानै सञ्चालन गर्नुपर्ने अवस्था छ। दिनभर उडान गर्न सकिने अवस्था भए यात्रुलाई थप सहज सेवा दिन सकिने भए पनि मौसमका कारण अहिले त्यसो गर्न नसकिएको उनले बताए।

रावतका अनुसार पोखरा–जोमसोमका अधिकांश उडान मध्याह्न १२ बज्नुअघि नै सम्पन्न हुने गरेका छन्। वर्षायाममा कम भिजिबिलिटीका कारण यो हवाई सेवा हरेक वर्ष केही समय प्रभावित हुने गरेको छ। यस वर्ष पनि जेठ १८ गतेदेखि बन्द भएको उडान सेवा भदौको पहिलो सातादेखि पुनः सञ्चालनमा आएको थियो।

असोज ८ देखि ११ गतेसम्म भएको लगातार वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले बेनी–जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि सडक यातायात प्रभावित भएको हो। करिब १२ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोरअन्तर्गतको उक्त सडक अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

सडकमार्ग बन्द रहेकाले अहिले पोखराबाट मुस्ताङ पुग्न हवाई सेवा नै प्रमुख विकल्प बनेको छ। सडक पुनः सञ्चालनमा आएपछि पोखरा–जोमसोम हवाई सेवामा रहेको यात्रुको चाप घट्ने अपेक्षा गरिएको छ।

Previous Post

त्रिविले ३० अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्ताव गर्‍यो

Next Post

नाना पाटेकरले नयाँ कार किन्ने पैसा किसान परिवारलाई बाँडेका थिए

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In