काठमाडौँ। यात्रुहरूका लागि राहतको खबर आएको छ। देशका विभिन्न प्रमुख सडकखण्डहरूमा यातायात सञ्चालन भइरहेको छ।
काठमाडौँदेखि गजुरीसम्मको सडक अहिले दुईतर्फी रूपमा खुला भएको छ। त्यस्तै, काठमाडौँ–गजुरी–मुग्लिन सडकखण्डमा पनि सवारीसाधन सञ्चालन भइरहेका छन्।
यसैगरी, मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडकखण्ड पनि खुला रहेका छन्। यससँगै यी मार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारीचालकलाई सहज हुने अपेक्षा गरिएको छ।
यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझ्न, ट्राफिक नियम पालना गर्न र सुरक्षित रूपमा यात्रा गर्न सबैलाई अनुरोध छ।
सुरक्षित यात्रा गर्नुहोस्। सडकको पछिल्लो अपडेटका लागि हामीसँग जोडिइरहनुहोस्।
