• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 17, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home मुख्य समाचार

पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली

रिजन खड्का by रिजन खड्का
२५ आश्विन २०८३, आईतवार
A A
विपद् व्यवस्थापनमा सरकार कमजोर बनेको ओलीको आरोप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण क्रमशः विधि प्रक्रियाअनुसार हुँदै जाने बताएका छन्।

पार्टीको मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पुस्तान्तरणका लागि निश्चित विधि, प्रक्रिया र योग्यता आवश्यक पर्ने बताएका हुन्। उनले नयाँ पुस्तालाई तालिम र क्षमता विकासमार्फत क्रमशः नेतृत्वका लागि तयार गर्नुपर्ने बताए।
तर अहिले समाजमा पुस्तान्तरणको नाममा विभाजन गर्ने प्रयास भइरहेको उनको आरोप छ। उनले समाजमा जात, धर्म र भूगोलका आधारमा विभाजन गर्न नसकेर हाल बाबु–छोरा तथा हजुरबा–नातिबीच पुस्तागत द्वन्द्व सिर्जना गर्न खोजिएको बताए। नयाँ पुस्ताले पुरानो पुस्तालाई तत्काल जिम्मेवारी छाड्न दबाब दिनु अनुचित भएको उनको दाबी छ।

उनले प्राध्यापक बन्नका लागि लेक्चररबाट सुरु गर्नुपर्ने बताए। नयाँ पुस्तालाई योग्य, दक्ष र सक्षम बनाएर क्रमशः जिम्मेवारी दिँदै लैजानुपर्ने उल्लेख गर्दै उनले नेतृत्व हस्तान्तरणका लागि आवश्यक तयारी र अनुभव हासिल गर्न समय लाग्ने बताए।
आफ्नो राजनीतिक जीवनको सुरुवाती समय स्मरण गर्दै उनले आफूहरू सानै उमेरमा नेतृत्व तहमा पुगेको बताए। तर तत्कालीन नेतृत्वको उमेरलाई अहिलेको पुस्तासँग सीधै तुलना गर्न नमिल्ने उनको जिकिर छ। अहिले १९ वर्षको मान्छेले पार्टी प्रमुख हुनुपर्छ भन्यो भने हास्यास्पद हुने उनको भनाइ छ।
उनले भने, ‘नेपाली जनतालाई अनेक ढङ्गले विभाजित गर्न खोजिएको छ। कहिले जातका नाउँमा गर्न खोजियो, कहिले धर्मका नाउँमा गर्न खोजियो, कहिले भूगोलका नाउँमा मधेस र पहाड भनेर गर्न खोजियो, कहिले केका नाउँमा। अहिले बाबु–छोरा, हजुरबा–नातिको मारामार लगाएर हेर्‍या छन्। हस्तान्तरण, पुस्तान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो, त्यो नचाहेर पनि हुन्छ। तर त्यसको सिस्टम हुन्छ। एकैचोटि प्रोफेसर भइन्न। त्यसको प्रक्रिया हुन्छ। त्यसको सिलसिला हुन्छ। त्यसो भएर हाम्रो नयाँ पुस्तालाई हामीले योग्य, दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै, ट्रेन्ड बनाएर, योग्य बनाएर, सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ। अलिकति टाइम लाग्छ।

२००६ सालमा पार्टी खोल्दा पुष्पलालको उमेर २४ वर्षको थियो। अब फेरि पुष्पलालले २४ वर्षको उमेरमा पार्टी खोलेका थिए, म पनि २४ वर्षमा खोल्छु भनेर हुन्छ त? यो त पनाति पुस्ता भइसक्यो। ७६ वर्ष काम गरेका मान्छे छन्, यहाँ। हामीले नै काम गरेको ६२ वर्ष भइसक्यो, पहिलेको जस्तो होइन। सीपी मैनाली पार्टीको प्रमुख भए, २० वर्ष। म १९ मा भएको थिएँ। त्यतिबेला हामी पार्टीको प्रमुख थियौँ भनेर अहिले पनि १९ वर्षको मान्छे पार्टी प्रमुख हुनुपर्छ भन्यो भने हास्यास्पद हुन्छ। यहाँ हजुरबा पुस्ता, बा पुस्ता, काका पुस्ता सक्रिय छ, काम गरिरहेका छन् अहिले पनि। त्यसकारण अब १९–२० वर्षको मान्छे, तपाईं त १९ वर्षमा हुनुभएको रहेछ त म किन नहुने भनेर हुँदैन।

अहिले आन्दोलन छैन। नयाँ पुस्ताले तालिम गर्नुपर्छ। नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्छ। नयाँ पुस्तालाई अगाडि बढाएर लिएर जानुपर्छ। लेक्चररमा भर्ना नगरिकन प्राध्यापक भन्न पनि मिल्दैन। त्यसकारण प्राध्यापक हुँदैन, प्राध्यापक हुने एउटा प्रक्रिया हुन्छ। अब यहाँनेरी युवा युवा युवा युवा युवा भनेर हल्ला चलाइदिएका छन्। समाजमा सबै उमेर समूहका मान्छे हुन्छन्। सबै उमेर समूहको कम्बिनेसन हुन्छ। बच्चाबच्चीले काम गर्न सक्दैन। बुढाबुढी पनि हातपाउ बस्ने बेला भएपछि काम गर्न सक्दैनन्। कान सुन्न छोड्छ, आँखा देख्न छोड्छ, हिँड्न सक्दैन, बोल्न सक्दैन, विचार गर्न सक्दैन, मानसिक हिसाबले कमजोर हुन्छ, शारीरिक हिसाबले कमजोर हुन्छ। उसले छोड्दिनँ भने पनि छोड्नै पर्छ के। त्यो हामीले बुझिहाल्छौँ नि, कसले काम गर्न सक्छ, सक्दैन भन्ने। आफैँले पनि बुझ्छ नि मान्छेले, अब मबाट चल्दैन भनेर थाहा पाउँछ, छोड्छ। तसर्थ यो धेरै लफडा हुनुपर्ने होइन। यतिबेला पार्टी एकता चाहिएको छ। सम्पूर्ण कार्यकर्ता पङ्क्ति एकजुट भएर अगाडि बढ्नुपर्दछ। यस पार्टीले नै देशलाई बाटो देखाउँछ। बाटो देखाउने पार्टी यही हो।’

उनले कुनै व्यक्तिले जिम्मेवारी निर्वाह गर्न नसक्ने अवस्था आएपछि नेतृत्वबाट आफैँ हट्ने बताए। हाल पार्टीभित्र एकता आवश्यक रहेको उल्लेख गर्दै उनले पुस्तान्तरणलगायतका अनेक झमेलामा नपर्न सम्पूर्ण कार्यकर्तालाई आग्रह गरे। उनले देशलाई एमालेले नै सही बाटोमा लैजाने बताए। एउटा निर्वाचन हार्दैमा एमाले कमजोर नहुने उनको भनाइ छ। उनले कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ जागरण अभियानमा सहभागी हुन पनि आग्रह गरे।

Previous Post

विपद् व्यवस्थापनमा सरकार कमजोर बनेको ओलीको आरोप

Next Post

प्रस्तावित चार राजदूतविरुद्ध परेका उजुरीमाथि आज सुनुवाइ

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In