• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 17, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

नेपाल–भारत सम्बन्ध बहुआयामिक भएपनि नेपालले अपेक्षित लाभ लिन सकेनः सांसद आनन्दप्रसाद ढुंगाना

रिजन खड्का by रिजन खड्का
२६ आश्विन २०८३, सोमबार
A A
नेपाल–भारत सम्बन्ध बहुआयामिक भएपनि नेपालले अपेक्षित लाभ लिन सकेनः सांसद आनन्दप्रसाद ढुंगाना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले नेपाल र भारतबीच ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध रहे पनि नेपालले त्यसबाट अपेक्षित आर्थिक तथा रणनीतिक फाइदा लिन नसकेको बताएका छन्।

सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा भारतका लागि प्रस्तावित राजदूत निश्चलनाथ पाण्डेसँगको छलफलका क्रममा सांसद ढुंगानाले दुई देशबीचका थाँती रहेका मुद्दाहरू प्रभावकारी कूटनीतिमार्फत समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्। सांसद ढुंगानाले भारत र नेपालले समान समयमा राजनीतिक परिवर्तनको अनुभव गरे पनि आर्थिक विकासका दृष्टिले नेपाल पछाडि परेको उल्लेख गरे। छिमेकी मुलुकहरू भारत र चीनले तीव्र आर्थिक विकास गरिरहँदा नेपालले दुवै मुलुकको प्रगतिबाट लाभ उठाउन नसक्नु नीतिगत तथा कूटनीतिक कमजोरी भएको उनको भनाइ छ। विगत तीन दशकभन्दा लामो समयदेखि अलपत्र परेको हुलाकी राजमार्गको प्रसंग उठाउँदै उनले वि.सं. २०४८ सालको जननिर्वाचित सरकारले भारत भ्रमणका क्रममा पहिलो प्राथमिकतामा राखेको आयोजना अहिलेसम्म सम्पन्न हुन नसक्नु चिन्ताको विषय भएको बताए। सांसद ढुंगानाले मेचीदेखि महाकालीसम्मको यो रणनीतिक सडक कहिलेसम्म निर्माण सम्पन्न हुन्छ भन्ने समयसीमा स्पष्ट पार्न भारतसँग पहल गर्नुपर्ने बताए।

दुई देशका प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले तयार पारेको साझा प्रतिवेदन भारत सरकारले हालसम्म बुझ्न नमानेको विषयमा प्रश्न उठाउँदै उनले उक्त प्रतिवेदन स्वीकार गराउन ठोस कूटनीतिक पहल आवश्यक रहेको स्पष्ट पारे। लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका सीमा समस्या समाधानका लागि परराष्ट्रमन्त्रीस्तरको संयन्त्रलाई सक्रिय बनाएर ऐतिहासिक तथ्यका आधारमा वार्ता अघि बढाउनुपर्नेमा उनले जोड दिए। नेपालका जलविद्युत् आयोजनाहरूबाट उत्पादित बिजुलीको उचित मूल्य निर्धारण तथा महाकाली सन्धिअनुसारका प्रतिबद्धता कार्यान्वयन गराउनेतर्फ पनि नेपालले दह्रो अडान लिनुपर्ने उनको भनाइ छ। प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा उठाएको नेपाल, भारत र चीनबीचको जलवायु तथा हिमनदी जोखिम न्यूनीकरणसम्बन्धी साझा सहकार्यलाई कूटनीतिक तवरबाट मूर्तरूप दिन प्रस्तावित राजदूतले विशेष परिश्रम गर्नुपर्ने सुझाव सांसद ढुंगानाले दिए।

 

Previous Post

मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माण सरकारको प्राथमिकतामाः स्वास्थ्यमन्त्री मेहता

Next Post

‘आचार्य’ भन्दा ‘बा:एक योद्धा’ को कमाइ झन्डै दोब्बर

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In