• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

महँगी, आवास सङ्कट र सार्वजनिक सेवाको विषयलाई लिएर युरोपका विभिन्न सहरमा प्रदर्शन

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
महँगी, आवास सङ्कट र सार्वजनिक सेवाको विषयलाई लिएर युरोपका विभिन्न सहरमा प्रदर्शन
0
SHARES
0
VIEWS

काठमाडौं । जीवनयापनको लागत बढ्दै गएको, आवासको समस्या चुलिएको तथा सार्वजनिक सेवाको अवस्था कमजोर बनेको भन्दै युरोपका विभिन्न देशका प्रमुख सहरमा शनिबार विरोध प्रदर्शन भएका छन्। सामाजिक सञ्जालमार्फत प्रदर्शनमा सहभागी हुन आह्वान गरिएपछि विभिन्न देशमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।

फ्रान्सको गृह मन्त्रालयका अनुसार देशभर आयोजित प्रदर्शनमा करिब तीन लाख २० हजार मानिस सहभागी भएका थिए। तीमध्ये ७० हजार जना राजधानी पेरिसमा भेला भएका थिए। तर, आयोजकले भने देशभर पाँच लाख र पेरिसमा मात्रै दुई लाख मानिस सहभागी भएको दाबी गरेका छन्।

प्रदर्शनलाई लक्षित गर्दै फ्रान्सभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो। अधिकांश स्थानमा प्रदर्शन शान्तिपूर्ण रहे पनि केही ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजका अनुसार प्रदर्शनका क्रममा ४२२ जना पक्राउ परेका छन्।

जर्मनीका ३० भन्दा बढी सहरमा भएका प्रदर्शनमा सार्वजनिक सेवामा सरकारी लगानी वृद्धि, महँगी नियन्त्रण र अनिवार्य सैन्य सेवाको व्यवस्था खारेज गर्न माग गरिएको थियो। आयोजकका अनुसार १२ सहरबाट सङ्कलित तथ्याङ्कमै ६८ हजारभन्दा बढी मानिसको सहभागिता देखिएको छ।

फ्र्याङ्कफर्टमा प्रहरी अधिकारी घाइते भएका थिए भने ह्याम्बर्गमा अवरोधका लागि राखिएका बारमा आगजनी भएको थियो। ब्रेमेनमा समेत प्रहरीमाथि आक्रमण भएको जर्मन समाचार संस्था डीपीएले जनाएको छ।

इटालीमा सार्वजनिक सेवा र बढ्दो जीवनयापन खर्चको विरोधमा शुक्रबार ६० भन्दा बढी सहरमा प्रदर्शन भएका थिए। श्रमिक सङ्गठनहरूको अनुमानमा आन्दोलनमा १५ लाख मानिस सहभागी भए पनि गृह मन्त्रालयले भने सहभागी सङ्ख्या दुई लाख ५५ हजार रहेको जनाएको छ। शनिबार पनि राजधानी रोमको कोलोसियम आसपास प्रदर्शनकारी भेला भएका थिए।

पोर्चुगलका लिस्बन र पोर्टो सहरमा आवास सङ्कट समाधानको माग गर्दै एक हजारभन्दा बढी मानिसले प्रदर्शन गरेका थिए। लिस्बनमा सहभागीहरूले रोसियो स्क्वायरमै रात बिताउने तयारी गरेका थिए।

उता, अल्बानियाको राजधानी तिरानामा प्रधानमन्त्री एदी रामाको राजीनामालगायतका माग राखेर भइरहेको आन्दोलन शनिबार १९औँ दिनमा प्रवेश गरेको थियो। प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम र ढुङ्गा प्रहार गरेपछि सुरक्षाकर्मीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरी भीड नियन्त्रणमा लिने प्रयास गरेका थिए।

पोल्याण्डको राजधानी वार्सामा संवैधानिक न्यायाधिकरणको संरचना र नेतृत्वको विषयलाई लिएर प्रदर्शन भएको थियो। नेदरल्याण्ड्सको द हेगमा भने सामाजिक सञ्जालबाट गरिएको आह्वानपछि भेला भएको भीडलाई प्रहरीले हटाएको थियो। प्रहरीले दिनभरमा ३४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

स्पेनका म्याड्रिड, बार्सिलोना र भ्यालेन्सियामा पनि सम्भावित हिंसात्मक गतिविधि रोक्न सुरक्षा सतर्कता बढाइएको थियो। यसअघि अघिल्लो सप्ताहन्त बार्सिलोनामा भएको झडपमा १५ जना प्रहरी अधिकारी घाइते भएका थिए भने १२८ जना पक्राउ परेका थिए। स्पेनी समाचार संस्था ईएफईका अनुसार अनलाइनमार्फत हिंसा भड्काएको आशङ्कामा प्रहरीले देशका विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको थियो।

 

Previous Post

अखिलेशको योगीमाथि कटाक्ष : ‘डबल इन्जिन सरकार एकै चुनावमा डबल शून्य’

Next Post

बाँकेको अम्बे स्टिल उद्योगमा भीषण आगलागी, ८ जना घाइते

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav