नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड), मुग्लिङले सूचना जारी गर्दै आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि यातायात सेवा अस्थायी रूपमा बन्द गर्न लागेको जनाएको छ।
सडक योजनाका अनुसार २०८३ कात्तिक १६ गते सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडक खण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिनेछ।
निर्माण कार्यलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न निर्धारित समयका लागि सडक बन्द गर्न लागिएको कार्यालयले स्पष्ट पारेको छ।
कार्यालयले उक्त अवधिमा यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। साथै, यात्रा गर्दा ट्राफिक नियम र सडक अनुशासनको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ।
