काठमाडौं । पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडकमा ट्राफिक प्रहरी उभ्याएर यातायात व्यवस्थापन गराउने अवस्थाको अन्त्य गर्दै स्मार्ट प्रणालीमार्फत ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार राजधानीमा आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति गजुरेलले यस्तो बताएका हुन् ।
उनले ट्राफिक प्रहरीको मुख्य काम ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउने, नियम पालना गर्न जनचेतना फैलाउने र सडक सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने हुनुपर्ने बताए ।
उनका अनुसार अहिले उपत्यकाका विभिन्न स्थानमा ट्राफिक बत्ती थप जडान गर्ने र बिग्रिएका बत्ती मर्मत गरी सञ्चालनमा ल्याउने काम भइरहेको छ । विगतमा जडान गरिएका धेरै ट्राफिक बत्ती सञ्चालनमा नरहेको अवस्थामा अहिले तिनलाई सुधार गरी सञ्चालनमा ल्याउन थालिएको छ ।
गजुरेलले यातायात व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन ट्राफिक कन्ट्रोल रुम तथा प्रविधिमा आधारित प्रणालीमा थप लगानी गरिने पनि बताए ।
कार्यक्रममा आकाशे पुलको आवश्यकतासम्बन्धी उठेको प्रश्नमा उनले स्मार्ट ट्राफिक लाइट पूर्ण रूपमा कार्यान्वयन गर्न सके सडक पार गर्न आकाशे पुलमाथिको निर्भरता कम हुने बताए । विकसित देशहरूमा समेत आकाशे पुलको प्रयोग तुलनात्मक रूपमा कम रहेको उल्लेख गर्दै उनले सुरक्षित सडक आवागमनका लागि स्मार्ट ट्राफिक प्रणालीमा लगानी गर्नुपर्नेमा जोड दिए ।
गजुरेलका अनुसार आकाशे पुल निर्माण नगर्ने सरकारको नीति छैन । आवश्यक स्थानमा पुल निर्माण जारी रहनेछ । केही स्थानमा आकाशे पुल निर्माण भइरहेको र थप आवश्यक स्थानमा पनि निर्माण गरिने उनले बताए ।
सभापति गजुरेलले अब सडकमा ट्राफिक प्रहरी उभ्याउनुभन्दा स्मार्ट ट्राफिक लाइट र प्रणालीमार्फत यातायात व्यवस्थापन गर्नुपर्ने बताए । ट्राफिक प्रहरीको मुख्य जिम्मेवारी नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने रहेको उनको भनाइ छ ।
उनले अहिले ट्राफिक बत्ती थप गर्ने, बिग्रिएका बत्ती मर्मत गर्ने र सञ्चालनमा ल्याउने काम भइरहेको जानकारी दिए । यातायात व्यवस्थापनलाई सहज बनाउन ट्राफिक कन्ट्रोल रुमलाई थप व्यवस्थित बनाउने र प्रविधिमा आधारित प्रणालीमा लगानी बढाउने पनि उनले बताए ।
त्यस्तै, स्मार्ट ट्राफिक लाइट पूर्ण रूपमा लागू गर्न सके आकाशे पुलमाथिको निर्भरता कम हुने उनको भनाइ छ । अहिले विकसित देशहरूमा समेत आकाशे पुलको प्रयोग कम हुने गरेको उल्लेख गर्दै उनले इन्टेलिजेन्ट ट्रान्सपोर्टेसन सिस्टम अर्थात् स्मार्ट यातायात प्रणालीमा लगानीलाई प्राथमिकता दिइने बताए । यद्यपि, आवश्यक स्थानमा आकाशे पुल निर्माणको काम पनि जारी रहने उनले स्पष्ट पारे ।
ट्राफिक प्रहरीलाई ड्युटीका क्रममा बस्ने ठाउँ, पिउने पानी र शौचालयको समेत उचित व्यवस्था नभएको गुनासोप्रति आफू गम्भीर रहेको गजुरेलले बताए । ट्राफिक प्रहरीका आधारभूत सुविधा व्यवस्थापनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए ।
आर्थिक अनुशासन र प्रहरी आचरणमा सम्झौता नगर्न निर्देशन
कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरी कर्मचारीलाई आर्थिक अनुशासन र प्रहरी आचरणमा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन् ।
ट्राफिक प्रहरी कर्मचारीले राज्यले उपलब्ध गराएको तलब तथा सेवा सुविधामै सन्तुष्ट रहनुपर्ने बताउँदै उनले आर्थिक अनियमिततामा संलग्न हुनेलाई कुनै छुट नहुने स्पष्ट पारे ।
काफ्लेले व्यक्तिगत स्वार्थभन्दा सार्वजनिक हितलाई प्राथमिकता दिएर काम गर्न ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सडकमा प्रत्यक्ष रूपमा देखिने र नागरिकसँग दैनिक सम्पर्कमा रहने भएकाले ट्राफिक प्रहरीले आफ्नो व्यवहार र कार्यशैलीप्रति विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
उनका अनुसार चालु आर्थिक वर्ष सुरु भएयता मात्रै २० देखि २५ जना प्रहरी कर्मचारीले जागिर गुमाइसकेका छन् । प्रहरी ऐन तथा नियमविपरीत काम गर्ने कसैले पनि उन्मुक्ति नपाउने उनले चेतावनी दिएका छन् ।
ट्राफिक प्रहरी कर्मचारीले नागरिकको आवागमन सहज बनाउने र आफ्नो कारणले कुनै पनि नागरिकले दुःख पाउन नहुनेमा जोड दिँदै उनले सडकमा खटिँदा विभिन्न परिस्थितिको सामना गर्नुपर्ने भएकाले प्रहरी कर्मचारीले स्वविवेकीय अधिकारको उचित प्रयोग गर्नुपर्ने बताए ।
अस्पताल जान हतारिएका घाइते बोकेका नागरिक र मादक पदार्थ सेवन गरी सवारी चलाउने व्यक्तिलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने उल्लेख गर्दै उनले परिस्थितिअनुसार व्यवहार गर्नुपर्ने बताए । तर मादक पदार्थ सेवन गरी होहल्ला गर्ने वा कानुन उल्लंघन गर्ने व्यक्तिलाई भने कानुनअनुसार कारबाही गर्नुपर्ने उनले स्पष्ट पारे ।
काफ्लेले ट्राफिक प्रहरी कर्मचारी आर्थिक अनियमिततामा संलग्न हुन नहुने र राज्यले उपलब्ध गराएको तलब तथा सेवा सुविधामै सन्तुष्ट रहनुपर्ने बताएका छन् । आर्थिक अनियमिततामा संलग्न हुने प्रहरी कर्मचारीमाथि कारबाही हुने उल्लेख गर्दै उनले चालु आर्थिक वर्ष सुरु भएयता २० देखि २५ जनाले जागिर गुमाइसकेको जानकारी दिए ।
त्यस्तै, प्रहरी ऐन तथा नियमविपरीतका गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्दै उनले व्यक्तिगत स्वार्थभन्दा सार्वजनिक हितलाई प्राथमिकता दिनुपर्ने बताए ।
ट्राफिक प्रहरी नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर सडकमा काम गर्ने संगठन भएकाले उनीहरूको व्यवहार जिम्मेवार र मर्यादित हुनुपर्नेमा उनले जोड दिए । नागरिकको आवागमन सहज बनाउने र प्रहरीका कारण कसैले पनि दुःख पाउन नहुने उनको भनाइ छ ।
सडकमा विभिन्न परिस्थिति आउने भएकाले स्वविवेकीय अधिकारको उचित प्रयोग गर्नुपर्ने बताउँदै उनले अस्पताल जान हतारिएका घाइते बोकेका नागरिक र मादक पदार्थ सेवन गरेर सवारी चलाउने व्यक्तिलाई परिस्थितिअनुसार व्यवहार गर्नुपर्ने बताए ।
तर स्वविवेकीय अधिकार प्रयोग गर्ने नाममा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने वा कानुन उल्लंघन गर्ने व्यक्तिलाई उन्मुक्ति दिन नहुने उनले स्पष्ट पारे । प्रहरी कर्मचारीको व्यवहार मर्यादित, जिम्मेवार र परिस्थितिअनुकूल हुनुपर्नेमा जोड दिँदै काफ्लेले व्यक्तिगत स्वार्थभन्दा नागरिकको हितलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
