धनुषाको नगराइन नगरपालिका–९, घोरघास स्थायी घर भई हाल ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत उक्त पुरस्कार प्राप्त गरेका हुन्।
पण्डितले गत कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँ पर्ने तोरीको तेल खरिद गरेका थिए। उनले उक्त सामानको भुक्तानी डिजिटल माध्यम ई–सेवाबाट गरेका थिए।
आन्तरिक राजस्व विभागले आइतबार सार्वजनिक गरेको पुरस्कार विजेताको सूचीमा पण्डितको नाम परेको हो। सामान्य खरिदबापत गरिएको डिजिटल भुक्तानीकै आधारमा उनले १० लाख रुपैयाँको उपहार जित्न सफल भएका हुन्।
