• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

भरतपुर अस्पताल नजिकै प्रहरीले जलायो लङ्गुरबुर्जाका सामग्री, वातावरण प्रदूषणको भन्दै विरोध

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
भरतपुर अस्पताल नजिकै प्रहरीले जलायो लङ्गुरबुर्जाका सामग्री, वातावरण प्रदूषणको भन्दै विरोध
0
SHARES
0
VIEWS

बरामद गरिएका प्लास्टिकजन्य सामग्री प्रहरी परिसरभित्रै जलाइएपछि संरक्षणकर्मीको आपत्ति, प्रहरी प्रमुख भन्छन्– सबै सामग्री जलाइएको होइन।

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दसैँयता विभिन्न स्थानबाट नियन्त्रणमा लिएका लङ्गुरबुर्जा खेलका सामग्री प्रहरी परिसरभित्रै आगो लगाएर नष्ट गरेको छ। भरतपुर अस्पतालको नजिकै ठूलो परिमाणमा प्लास्टिकजन्य सामग्री जलाइएको भन्दै वातावरण संरक्षणकर्मीहरूले विरोध जनाएका छन्।

प्रहरीले लङ्गुरबुर्जा खेलमा प्रयोग हुने २ हजार ३३३ वटा गोटी, ५३६ वटा प्लास्टिकका पाल र ४०८ वटा बाल्टिन बरामद गरेको थियो। आइतबार दिउँसो ती सामग्री सार्वजनिक गरेपछि प्रहरी कार्यालय परिसरमा खाल्डो खनेर आगो लगाइएको हो।

जिल्ला प्रहरी कार्यालयको पछाडिपट्टि भरतपुर अस्पताल रहेकाले जलाइएको प्लास्टिक, मैन र अन्य रासायनिक पदार्थबाट निस्किएको धुवाँले बिरामी, कुरुवा तथा आसपासका बासिन्दाको स्वास्थ्यमा असर पार्न सक्ने भन्दै संरक्षणकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्।

यस विषयमा चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले भने सबै सामग्री जलाउने निर्देशन नदिएको दाबी गरेका छन्। बरामद सामग्री पुनः दुरुपयोग हुन नदिन केही वस्तु मात्रै जलाएर व्यवस्थापन गर्न भनिएको उनको भनाइ छ।

लङ्गुरबुर्जामा प्रयोग हुने गोटी मैनबाट बनेको हुने उल्लेख गर्दै पौडेलले सबै सामग्री नष्ट नगरिएको बताएका छन्।

तर, प्राप्त तस्बिर र दृश्यमा बरामद गरिएका अधिकांश प्लास्टिकका पाल तथा अन्य सामग्री रिक्सामा राखेर प्रहरी परिसरभित्रको फोहोर फाल्ने खाल्डोमा पुर्‍याई जलाइएको देखिन्छ।

पुनः प्रयोग गर्न सकिने वा वातावरणलाई कम असर पर्ने विधिबाट व्यवस्थापन गर्न सकिने सामग्री खुला रूपमा जलाइएको भन्दै प्रहरीको निर्णय र कार्यशैलीमाथि प्रश्न उठेको छ। विशेषगरी अस्पतालजस्तो संवेदनशील क्षेत्र नजिकै प्लास्टिकजन्य वस्तु जलाउँदा सार्वजनिक स्वास्थ्यमा पर्न सक्ने असरलाई बेवास्ता गरिएको संरक्षणकर्मीहरूको गुनासो छ।

 

Previous Post

जलवायु परिवर्तन र हिमाली समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक : राष्ट्रपति पौडेल

Next Post

पञ्चायतदेखि गणतन्त्रसम्म सत्ताको यात्रा, अहिले राप्रपाको अवस्थाप्रति कमल थापाको चिन्ता

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav