एकता घोषणा कार्यक्रम काठमाडौंको कोटेश्वरस्थित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे आयोजना हुनेछ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएपछि उमा भुजेलको नेतृत्वमा राष्ट्रिय भेला आयोजना गरिएको थियो। उक्त भेलाले भुजेलकै नेतृत्वमा १०५ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो।
कम्युनिस्ट आन्दोलनमा एकता, सहकार्य र राजनीतिक ध्रुवीकरणलाई अघि बढाउने उद्देश्यसहित दुई पार्टीबीच एकता हुन लागेको हो। यससँगै दुवै संगठनका नेता तथा कार्यकर्ता एउटै राजनीतिक दलमा आबद्ध हुनेछन्।
