• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

एल निनोको प्रभावले खडेरी र बाढीको जोखिम बढेपछि बोलिभियामा देशव्यापी आपत्काल घोषणा

रिजन खड्का by रिजन खड्का
१७ कार्तिक, २०८३
A A
एल निनोको प्रभावले खडेरी र बाढीको जोखिम बढेपछि बोलिभियामा देशव्यापी आपत्काल घोषणा
0
SHARES
0
VIEWS

काठमाडौं । जलवायु परिवर्तन र एल निनो मौसमी प्रणालीका कारण खडेरी तथा बाढीको जोखिम बढ्दै गएपछि दक्षिण अमेरिकी देश बोलिभियाले देशव्यापी आपत्काल घोषणा गरेको छ। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार तथा जोखिम न्यूनीकरणका लागि आवश्यक स्रोतसाधन परिचालन गर्न सरकारले आपत्कालीन निर्णय लिएको हो।

अलजजिराका अनुसार राष्ट्रपति रोड्रिगो पाजले शनिबार आपत्काल घोषणा गर्ने आदेशमा हस्ताक्षर गरेका छन्। उनले बाढी र खडेरीबाट बढी प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत टोली थप परिचालन गर्न निर्देशन दिएका छन्।

राष्ट्रपति पाजले एल निनोका कारण खडेरी र बाढी दुवैको असर गम्भीर हुन सक्ने भन्दै विपद्को सामना गर्न सबै सरकारी निकाय तथा संस्थाबीच समन्वय आवश्यक रहेको बताएका छन्।

बोलिभिया सरकारले यसै साता सार्वजनिक गरेको प्रतिवेदनअनुसार देशका नौमध्ये छ क्षेत्रमा खडेरीको प्रभाव देखिएको छ। खडेरीका कारण हालसम्म ७८ हजार परिवार प्रभावित भएका छन् भने ७५ हजारभन्दा बढी पशुचौपाया मरेका छन्।

बोलिभिया बाढीको उच्च जोखिममा रहेको मुलुकसमेत हो। सन् २०२५ को डिसेम्बरमा सान्ता क्रुज क्षेत्रमा आएको बाढीका कारण दर्जनौँ मानिसको मृत्यु भएको थियो।

एल निनोको प्रभाव छिमेकी मुलुकहरूमा समेत देखिन थालेको छ। चिलीको राजधानी सान्टियागोमा यस वर्षको अक्टोबर महिनामा अहिलेसम्मकै उच्च वर्षा रेकर्ड गरिएको छ। यस्तै, पेरुमा गत महिना लागेको डढेलोमा परी कम्तीमा १२ जनाले ज्यान गुमाएका थिए।

एल निनो भनेको के हो ?

एल निनो प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ्दा विकसित हुने प्राकृतिक जलवायु घटना हो। यो सामान्यतया प्रत्येक दुईदेखि सात वर्षको अन्तरालमा देखापर्छ।

यसले विश्वव्यापी हावाको बहाव, वायुमण्डलीय चाप र वर्षाको स्वरूपमा परिवर्तन ल्याउँछ। परिणामस्वरूप विभिन्न क्षेत्रमा खडेरी, बाढी, अत्यधिक वर्षा र तापलहरजस्ता चरम मौसमी अवस्था सिर्जना हुन सक्छन्। यसको प्रभाव भने भौगोलिक अवस्थाअनुसार फरक हुने गर्छ।

सन् २०२६ को अन्त्यतिर एल निनो उत्कर्षमा पुग्ने अनुमान

वैज्ञानिकहरूले हाल विकसित भइरहेको एल निनो अभिलेख राख्न थालिएयताकै शक्तिशालीमध्ये एक हुन सक्ने आकलन गरेका छन्। यो सन् २०२६ को अन्त्यतिर उत्कर्षमा पुग्न सक्ने र यसको प्रभाव सन् २०२७ सम्म कायम रहन सक्ने अनुमान गरिएको छ।

यस मौसमी घटनाका कारण विश्वभर ४ लाख ५० हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने चेतावनीसमेत वैज्ञानिकहरूले दिएका छन्। यसको सबैभन्दा बढी असर आर्थिक तथा सामाजिक रूपमा कमजोर देशहरूमा पर्ने आकलन छ।

विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) ले सेप्टेम्बरको सुरुवातमा सार्वजनिक गरेको पूर्वानुमानअनुसार सन् २०२७ को फेब्रुअरीसम्म एल निनोको अवस्था कायम रहने सम्भावना झन्डै शतप्रतिशत रहेको उल्लेख गरिएको छ।

एल निनोका कारण आगामी महिनाहरूमा विश्वका विभिन्न क्षेत्रमा चरम मौसमी घटना बढ्न सक्ने भएकाले वैज्ञानिकहरूले समयमै पूर्वतयारी, जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनमा जोड दिएका छन्।

Previous Post

उमा भुजेल नेतृत्वको नेकपा नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै, आज एकता घोषणा

Next Post

भवन अभाव र जग्गा विवादमा अल्झियो कटहरिया प्रहरी कार्यालय

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav