• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

एमालेभित्र असन्तुष्ट नेता–कार्यकर्तालाई विद्रोह गरेर एकतामा आउन माधव नेपालको आह्वान

रिजन खड्का by रिजन खड्का
१७ कार्तिक, २०८३
A A
एमालेभित्र असन्तुष्ट नेता–कार्यकर्तालाई विद्रोह गरेर एकतामा आउन माधव नेपालको आह्वान
0
SHARES
0
VIEWS

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले नेकपा एमालेभित्र असन्तुष्ट भएर बसेका नेता तथा कार्यकर्तालाई पार्टीबाट विद्रोह गरी एकता प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन्।

मंगलबार काठमाडौंमा नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच आयोजित एकता घोषणा कार्यक्रममा बोल्दै नेपालले एमाले अहिले एक व्यक्तिको नियन्त्रणमा पुगेको टिप्पणी गरे। पार्टीभित्र असन्तुष्ट र असहज अवस्थामा रहेका नेता–कार्यकर्ताले नयाँ राजनीतिक विकल्प रोज्दै आफूहरूसँग एकताबद्ध हुनुपर्ने उनको आग्रह थियो।

उनले मुलुकका विद्यमान राजनीतिक तथा राष्ट्रिय समस्याको सामना गर्न कम्युनिस्ट शक्तिहरूबीच एकता आवश्यक रहेको बताए। एमालेमा रहेका असन्तुष्ट समूहबाहेक अन्य कम्युनिस्ट घटकलाई पनि एकता प्रक्रियामा सहभागी हुन उनले आह्वान गरे।

नेपालले मोहनविक्रम सिंह, मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वका कम्युनिस्ट समूहलाई समेत समाजवाद निर्माणको उद्देश्यसहित एकताबद्ध हुन आग्रह गरे। त्यस्तै, राष्ट्रियता, संविधान र गणतन्त्रको रक्षा तथा समावेशी व्यवस्था र जनअधिकार संरक्षणका लागि उपेन्द्र यादव नेतृत्वका राजनीतिक शक्तिसँग पनि सहकार्य गर्न सकिने उनको भनाइ थियो।

यसअघि नेत्रविक्रम चन्दलगायतका नेताहरूसँग मिलेर समाजवादी मोर्चा गठन गरिएको स्मरण गर्दै नेपालले उक्त मोर्चामार्फत देशव्यापी अभियान सञ्चालन गर्दा हजारौँ कार्यकर्ता आन्दोलनमा जोडिएको बताए।

उनले विश्वभर कम्युनिस्ट आन्दोलनप्रति निराशा बढिरहेको भन्दै त्यसलाई चुनौतीका रूपमा लिनुपर्ने धारणा राखे। विभिन्न देशमाथि अमेरिकी हस्तक्षेप र आक्रामक नीतिले अन्तर्राष्ट्रिय राजनीतिमा चुनौती थपेको उल्लेख गर्दै नेपालले नेपाललाई पनि आफ्नो रणनीतिक स्वार्थ पूरा गर्ने क्षेत्रका रूपमा प्रयोग गर्न खोजिएको आशंका व्यक्त गरे।

कम्युनिस्ट आन्दोलनको भविष्यप्रति देखिएको निराशा चिर्दै नयाँ ऊर्जा र एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय स्वार्थ र राजनीतिक उपलब्धिको संरक्षणका लागि विभिन्न राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताए।

 

Previous Post

न्यायाधीशमाथि महाभियोगबारे रास्वपाले विपक्षी दलसँग पनि छलफल गर्नुपर्छ : आङ्देम्बे

Next Post

विराटनगरसँग मात्र दुई रनले चुक्यो जनकपुर बोल्ट्स

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav