• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

न्याय सम्पादनमा हुने ढिलाइ अन्त्य गर्न मेलमिलापलाई प्राथमिकता दिनुपर्छ : मन्त्री सोविता गौतम

रिजन खड्का by रिजन खड्का
१८ कार्तिक, २०८३
A A
न्याय सम्पादनमा हुने ढिलाइ अन्त्य गर्न मेलमिलापलाई प्राथमिकता दिनुपर्छ : मन्त्री सोविता गौतम
0
SHARES
1
VIEWS

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्याय सम्पादनमा हुने ढिलाइ र अदालतका फैसला कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न प्रभावकारी कदम चाल्नुपर्ने बताएकी छन्।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मेलमिलापसम्बन्धी संशोधन विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो धारणा राखेकी हुन्।

मन्त्री गौतमका अनुसार नागरिकलाई छिटो न्याय उपलब्ध गराउनु र अदालतबाट भएका फैसलाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु नै विधेयकको मुख्य उद्देश्य हो। अदालतमा मुद्दाको चाप कम गर्न विवादको प्रारम्भिक चरणमै मेलमिलापमार्फत समाधान खोज्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको उनले जानकारी दिइन्।

उनले सामान्य प्रकृतिका विवाद तथा आर्थिक लेनदेनसँग सम्बन्धित मुद्दा मेलमिलापबाट टुंग्याउन आवश्यक संरचना निर्माण गर्नुपर्नेमा जोड दिइन्। यसो गर्न सके अदालतमा मुद्दाको चाप घट्नुका साथै संवैधानिक र अन्य महत्वपूर्ण मुद्दाको छिटो तथा प्रभावकारी निरूपण गर्न सहज हुने उनको भनाइ छ।

न्याय पाउन नागरिकले वर्षौंसम्म मुद्दा लड्नुपर्ने र फैसला भइसकेपछि पनि त्यसको कार्यान्वयनमा उत्तिकै कठिनाइ भोग्नुपर्ने अवस्था रहेको मन्त्री गौतमले उल्लेख गरिन्।

अदालतबाट फैसला हुँदैमा नागरिकले न्याय पाएको अनुभूति गर्न नसक्ने भन्दै उनले फैसला कार्यान्वयनलाई पनि न्याय प्राप्तिको महत्वपूर्ण हिस्सा बनाउनुपर्ने बताइन्।

उनले भनिन्, ‘कुनै पनि मुद्दाको फैसला हुन वर्षौं लाग्ने र फैसला भइसकेपछि पनि कार्यान्वयनमा समस्या आउने अवस्थाबाट नागरिक गुज्रिनुपरेको छ। यसको अन्त्यका लागि के-कस्ता विकल्प अपनाउन सकिन्छ भन्ने विषयमा खोजी गर्नु आजको आवश्यकता हो। न्यायको प्रक्रियामा जाँदा नागरिकले भोग्नुपर्ने समस्या पहिचान गरी समाधान खोज्नुपर्छ।’

मन्त्री गौतमले विधेयकमाथिको छलफल न्याय निरूपणलाई छिटो बनाउने उद्देश्यमा केन्द्रित हुनुपर्ने पनि बताइन्। उनका अनुसार समयमै मेलमिलाप गरेर विवाद टुंग्याउनु न्याय प्रणालीका लागि महत्वपूर्ण उपलब्धि हुनेछ।

उनले अदालतमा मुद्दाको अत्यधिक चाप रहेको र न्याय पाउन ढिलाइ भएको गुनासो सर्वत्र सुनिने गरेको उल्लेख गरिन्। प्रारम्भिक चरणमै मेलमिलापबाट समाधान गर्न सकिने विवादलाई अदालतसम्म पुग्न नदिने व्यवस्था प्रभावकारी भए संवैधानिक तथा अन्य गम्भीर प्रकृतिका मुद्दामा अदालतले बढी समय र ध्यान दिन सक्ने उनको धारणा छ।

सामान्य विवाद र आर्थिक लेनदेनका विषयलाई समयमै सहमतिमार्फत टुंग्याउन सके नागरिकले छिटो न्याय पाउनुका साथै अदालतका फैसला कार्यान्वयनमा देखिएका समस्या न्यूनीकरण गर्नसमेत सहयोग पुग्ने मन्त्री गौतमले बताइन्।

Previous Post

मेलमिलापलाई न्याय प्रणालीकै अभिन्न अंग बनाउनुपर्ने सर्वोच्चका मुख्य रजिस्ट्रार पौडेलको जोड

Next Post

आईजीपीलान्’नियुक्तिबारे ओलीको व्यङ्ग्य– ‘उनीहरूले भनेको मान्ने व्यक्ति नियुक्त गरे हो

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav