- प्रधानमन्त्री वालेन्द्र शाह र भारतका विदेश सचिव विक्रम मिश्रीबीच बिहीबार दिउँसो शिष्टाचार भेट हुने भएको छ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न १२ बजे हुने भेटमा नेपाल–भारत सम्बन्ध र द्विपक्षीय हितका विषयमा छलफल हुनेछ।
- दुईदिने नेपाल भ्रमणमा रहेका मिश्री आजै स्वदेश फर्किने कार्यक्रम छ।
काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री वालेन्द्र शाहसँग बिहीबार शिष्टाचार भेट गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १२ बजे हुने भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
दुईदिने औपचारिक भ्रमणका लागि मिश्री बुधबार काठमाडौं आइपुगेका थिए। नेपाल आएलगत्तै उनले परराष्ट्र सचिव अमृतबहादुर राईसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरेका थिए।
भ्रमणका क्रममा उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधारमन्त्री सुनिल लम्सालसँग पनि छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए।
नेपाल भ्रमणका निर्धारित कार्यक्रम पूरा गरी मिश्री बिहीबार नै काठमाडौं हुँदै नयाँदिल्ली फर्किनेछन्।
#NepalIndiaRelations #BalenShah #VikramMisri #Diplomacy #NepalNews #DreamNewsNetwork
